
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – कर्णालीले सोमबारदेखि सेयर लिलामीमा ल्याएको छ । बैंकले संस्थापक समूहको १४ लाख ६१ हजार २७० कित्ता र सर्वसाधारण तर्फको ३ लाख ९१८ कित्ता गरी जम्मा १७ लाख ६२ हजार १८८ कित्ता सेयर लिलामीमा बेच्न लागेको हो । यसमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ । नेप्सेमा कर्णालीको गत बिहीबारको अन्तिम बजार भाउ प्रतिकित्ता ११५ रुपैयाँ छ ।
लिलामीको बोलपत्र पेश गर्ने अन्तिम म्याद जेठ ७ गते तोकिएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी, काठमाडौं तथा कर्णाली डेभलपमेन्टको नेपालगञ्ज बाँके सहित अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, प्रभु बैंकको विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, नारायणगढ, सुर्खेत र धनगढी शाखा कार्यालयबाट पनि लिलामी भर्न सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्