×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिथिला लघुवित्तको खुद नाफा १५% ले वृद्धि, प्रति सेयर आम्दानी १५.८६ रुपैयाँ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मिथिला लघुवित्तको खुद नाफा १५% ले वृद्धि, प्रति सेयर आम्दानी १५.८६ रुपैयाँ

२६ बैशाख २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – मिथिला लघुवित्त विकास बैंकको चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा खुद नाफा ७८ लाख रुपैयाँ कमाएको छ । यो गत वर्षको तुलनामा १५.६६% ले बढेको हो । अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा ६७ लाख रुपैयाँ कमाएको थियो ।
६ करोड ५९ लाख रुपैयाँ चुक्ता पुँजी भएको मिथिला बैंकले जगेडाकोषमा १ करोड ४९ लाख रुपैयाँ राखेको छ । जसले निक्षेपमा १५ करोड ८० लाख रुपैयाँ संकलन गरेको छ । कर्जामा भने ५४ करोड ३२ लाख रुपैयाँ लगानी गरेको छ । जुन गत वर्षको तुलनमा २९.२८% ले वृद्धि गरेको हो । बैंकको खुद व्याज आम्दानीमा ३.२२% र संचालन मुनाफामा १०% ले वृद्धि गरेको छ ।
बैंकको प्रतिशेयर आम्दानी १५.८६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ६९.३६ गुणा, प्रतिशेयर नेटवर्थ १२२.६३ रुपैयाँ र तरलता अनुपात ६.८७% रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी