
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – कामना सेवा विकास बैंकको सोमबारदेखि सेयर लिलामी खुला भएको छ । सर्वसाधारण समूहको २ लाख १२ हजार १४६.८४ कित्ता र संस्थापक समूहको ६ लाख ३७ हजार ८१६.९३ कित्ता गरि जम्मा ८ लाख ४९ हजार ९६३.७७ कित्ता सेयर लिलामीमा ल्याइएको हो । यो लिलामीमा लगानीकर्ताले वैशाख ३१ गतेसम्म न्यूनतम १०० रुपैयाँ वा यसभन्दा बढी भाउ तोकेर बोलकबोल गर्नपर्नेछ ।
संस्थापक समूहले न्यूनतम १००० कित्ता र सर्वसाधारण समूहमा क्रमश १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाइनेछ । लगानीकर्ताले बिक्री प्रबन्धक एनएमबि क्यापिटल नागपोखरी काठमाडौं तथा एनएमबि बैंकको विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखाबाट बोलपत्र फारम भर्न र बुझाउन सक्नेछन् । यसैगरी, कामना सेवाको ज्ञानेश्वर काठमाडौं, बुटवल, पोखरा र नारायणगढ शाखाबाट पनि आवेदन दिन सकिनेछ ।
हाल यस बैंकको चुक्ता पुँजी २ अर्ब ६ करोड २७ लाख ६९ हजार रुपैयाँ रहेको छ । लिलामी सेयर बिक्रीपछि चुक्ता पुँजी २ अर्ब ३७ करोड २१ लाख ८५ हजार रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्