×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पोखराको बिरौटामा ओम डेभलपमेन्ट बैंकको नयाँ शाखा विस्तार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

पोखराको बिरौटामा ओम डेभलपमेन्ट बैंकको नयाँ शाखा विस्तार

२१ बैशाख २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – ओम डेभलपमेन्ट बैंकले पोखराको बिरौटामा शाखा विस्तार गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंक पोखराका निर्देशक पोमनाथ गौतमले उक्त शाखाको बिधिवत उद्घाटन गरेका हुन ।
बिशेष अतिथि पोखरा महानगरपालिका वडा नं. १७ का वडा अध्यक्ष तिर्थराज अधिकारीले शाखाको एटिएम उद्घाटन गरेका थिए ।
बैंकका अध्यक्ष सुशील कुमार गोशलीले बैंकका विविध पक्षहरुको जानकारी गराएका थिए भने प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारीले बैंकले हालसम्म ५३ वटा शाखा, एउटा एक्स्टेन्सन काउन्टर, एउटा शाखा रहित बैंकिङ्ग सेवा र १६ वटा एटीएम मेशिनबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको बताए ।
बैंकले चैत्र मसान्तसम्म १९ अर्ब १२ करोड निक्षेप संकलन, १७ अर्ब ९ करोड कर्जा लगानी गरी २६ करोड ६३ लाख खुद मुनाफा आर्जन गरेको बताइएको छ ।
बैंकले जर्मनको के.एफ. डब्लु डेभलपमेन्ट बैंकको सहकार्यमा शाखाहरुबाट कृषि तथा लघु उद्यम कर्जा अन्तर्गत सर्वसुलभ रुपमा २ लाख देखि ४० लाख सम्मको कर्जा लगानी गरिरहेको छ भने बिना धितो १५ लाख सम्म प्रोफेशनल कर्जा र निशुल्क आश्वा सेवा प्रदान गर्दै आईरहेको छ ।
बैंकले नेपाल ईलेक्ट्रोनिक्स पेमेन्ट सिष्टम (नेप्स) नेटवर्कको भिजा कार्ड शिघ्र बितरण गर्न लागेको प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारीले बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी