×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेन्ट्रल फाइनान्सको भएन प्रगति, २२.८०% ले खुद नाफामा गिरावट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सेन्ट्रल फाइनान्सको भएन प्रगति, २२.८०% ले खुद नाफामा गिरावट

२१ बैशाख २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सेन्ट्रल फाइनान्सको खुद नाफामा २२.८०% ले घटेको छ । गत वर्ष फाइनान्सले ५ करोड ८७ लाख १७ हजार रुपैयाँ नाफा कमाएको थियो भने यस वर्ष ४ करोड ५३ लाख २६ हजार रुपैयाँ खुद नाफामा सिमित रहेको छ । 
फाइनान्सको खुद व्याज आम्दानी १२% ले घटेर ८ करोड ५८ लाख १६ हजार रुपैयाँ मात्र कमाएको छ । गत वर्ष फाइनान्सले ९ करोड ७५ लाख खुद व्याज आम्दानी गरेको थियो । सञ्चालन नाफामा पनि १७.९०% ले घटेर ७ करोड ३० लाखबाट ६ करोड ८ हजार रुपैयाँमा सिमित रहेको छ । 
चुक्ता पुँजी ६७ करोड २२ लाख २६ हजार रुपैयाँ यो फाइनान्सको जगेडा कोषमा भने २० करोड ९ लाख ९८ हजार छ । निक्षेप २ अर्ब ८८ करोड ७५ लाख २४ हजार रुपैयाँ संकलन गरी २ अर्ब ५८ करोड ९६ लाख ३१ हजार रुपैयाँ कर्जा प्रवाह गर्न कम्पनी सफल भएको देखिन्छ । 
खराब कर्जा गत वर्षको तुलनामा घटेको छ । गत वर्ष १.२६% रहेको खराब कर्जा यो त्रैमाससम्म आइपुग्दा ०.८९% मा झरेको छ । प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७४ पैसा रहेको सेन्ट्रलको प्रतिसेयर नेटवर्थ भने १२९ रुपैयाँ ९० पैसा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी