
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – मिर्मिरे माईक्रोफाईनान्स डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ७४% ले वृद्धि गरेर २ करोड १२ लाख रुपैयाँ कमाएको छ ।गत वर्ष यहि अबधीमा बैंकले खुद नाफा १ करोड २१ लाख रुपैयाँ कमाएकोे थियो ।
बैंकको खुद व्याज आम्दानी २२ दशमलव ९१ प्रतिशतले बढेर ५ करोड ९२ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ६२ दशमलव ५ प्रतिशतले बढेर २ करोड ६७ लाख रुपैयाँ पुगेको छ ।
चुक्ता पुँजी ४ करोड ५० लाख रुपैयाँ भएको बैंकले जगेडाकोषमा ५ करोड रुपैयाँ राखेको छ । निक्षेपमा १०६.६६% ले वृद्धि गरी ३४ करोड १५ लाख रुपैयाँ संकलन गरेको छ । जसले कर्जामा १ अर्ब २४ करोड ३ लाख रुपैयाँ लगानी गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ६७.११% ले वृद्धि हो ।
बैंकको निष्कृय कर्जा शुन्य दशमलव ९७% , पुँजीकोषको अनुपात ९.१४% , प्रतिशेयर आम्दानी वार्षिक ६२.८६ रुपैयाँ, मुल्य आम्दानी अनुपात ३८.९८ गुणा, तरलता अनुपात ४०% र प्रतिशेयर नेटवर्थ २११.२८ रुपैयाँ रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्