×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेको इन्सुरेन्सको सेयर लिलामीमा आउंदै, यस्ता छन् भर्ने ठाउँ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेको इन्सुरेन्सको सेयर लिलामीमा आउंदै, यस्ता छन् भर्ने ठाउँ

१२ बैशाख २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं –  वैशाख १९ गतेदेखि नेको इन्सुरेन्सले ९९ हजार ९४९.११ कित्ता सेयर लिलामीमा बिक्री खुला गर्ने भएको छ । कम्पनीले संस्थापक समूहको ४ हजार ६३.८७ कित्ता र सर्वसाधारण समूहको ९५ लाख ८८५.२४ कित्ता सेयर लिलामी गर्न लागेको हो । यसमा वैशाख २६ गतेसम्म प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ वा यसभन्दा बढी मूल्य तोकेर बोलपत्र पेश गर्नुपर्नेछ ।
 
लगानीकर्ताले बिक्री प्रबन्धक एनएमबि क्यापिटल नागपोखरी, काठमाडौं तथा एनएमबि बैंकको विराटनगर, वीरगञ्ज, बुटवल, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखाबाट बोलपत्र फारम भर्न र बुझाउन सक्नेछन् । नेकोले बिमा समितिले तोकेको १ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन हकप्रदको सहारा लिएको हो । लिलामीमा सेयर बिक्री गरिसकेपछि यस इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब १७ करोड ६२ लाख ७८ हजार ४०० रुपैयाँ पुग्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी