×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लुम्बिनीको सेयर लिलामी भर्ने आइतबार अन्तिम दिन, कहाँ जाने भर्ने ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

लुम्बिनीको सेयर लिलामी भर्ने आइतबार अन्तिम दिन, कहाँ जाने भर्ने ?

७ बैशाख २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – वैशाख ९ गते लुम्बिनी विकास बैंकको ६ लाख १ हजार ३२५.४७ कित्ता सेयर लिलामी भर्ने अन्तिम दिन रहेको छ । लुम्बिनीले वैशाख २ गतेदेखि संस्थापक समूहको ३ लाख ७९ हजार ३३६.४४ कित्ता र सर्वसाधारण समूहको २ लाख २१ हजार ९८९.०३ कित्ता सेयर लिलामीमा ल्याएको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । 
बिक्री प्रबन्धक भिबोर क्यापिटल कृष्णगल्ली, ललितपुर र लुम्बिनी विकास बैंकको केन्द्रीय कार्यालय डिल्लीबजारबाट पनि आवेदन दिन सकिनेछ । त्यसैगरी, लुम्बिनी विकास बैंकको उपत्यका भित्रका त्रिपुरेश्वर, कान्तिपथ, न्यूरोड, ठमेल तथा उपत्यका बाहिर पोखराको न्यूरोड र महेन्द्रपुल, विराटनगर, वीरगञ्ज र नारायणगढबाट पनि बोलपत्र भर्न मिल्नेछ । यसैगरी, भैरहवा, बुटवल, नेपालगञ्ज, जनकपुर र बनेपा शाखाबाट समेत लिलामी फारम बुझाउन पाइनेछ ।  बैंकको हाल चुक्ता पुँजी २ अर्ब ८८ लाख ७८ हजार रुपैयाँ छ । लिलामी सेयर बिक्री गरेपछि चुक्ता पुँजी २ अर्ब २० करोड ९७ लाख ६६ हजार ३१५ रुपैयाँ हुनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी