×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चालू आवमा ६ अर्ब २९ करोड राजश्व संकलन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

चालू आवमा ६ अर्ब २९ करोड राजश्व संकलन

७ बैशाख २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

पोखरा – आन्तरिक राजश्व कार्यालय पोखराले चालू आवको चैत मसान्तसम्म ६ अर्ब २९ करोड राजश्व संकलन गरेको छ । साउनदेखि चैत मसान्तसम्म राजश्व संकलनको लक्ष्य ६ अर्ब ५ करोड रहेकामा प्रगति बढेर १०४ प्रतिशत पुगेको कार्यालयका कर अधिकृत विजय लामिछानेले बताए ।
पोखरा कार्यालयबाट स्थायी लेखा नम्बर लिएका १ लाख २३ हजार ६६७ करदातामध्ये व्यावसायिक स्थायी लेखा नम्बर लिने ७५ हजार ४४७ जना छन् भने व्यक्तिगत स्थायी लेखा नम्बर लिने ४८ हजार २२० जना छन् । त्यस्तै कार्यालयबाट मूल्य अभिवृद्धि करमा दर्ता भएकाको संख्या ११ हजार २७४ तथा अन्तःशुल्क कर इजाजत लिएकाको संख्या ६ हजार ९६२ जना रहेको छ ।
चालू आवमा मूल्य अभिवृद्धि कर उत्साहजनक रुपमा वृद्धि भएको लामिछानेको भनाई छ । गत आवको साउनदेखि चैतसम्मको अवधिमा लक्ष्यको ९४ प्रतिशत राजस्व संकलन भएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी