
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एभरेष्ट बैंकले खुद मुनाफा १८.१९ % ले वृद्धि गरेर १ अर्ब ८० करोड ३४ लाख रुपैयाँ कमाए सफल भएको छ । गत बर्षको यहि अवधिमा बैंकले मुनाफा १ अर्ब ५२ करोड ५८ लाख रुपैयाँ कमाएको थियो ।
बैंकले ४ अर्ब ६० करोड ६४ रुपैयाँ चुक्ता पुँजी भएको ७६ %ले वृद्धि गरी हाल ८ अर्ब १० करोड ६८ लाख रुपैयाँ पुर्याएको छ । चुक्ता पुँजी बढेसँग मुनाफा भने खासै बढको छैन । बैंकले खुद व्याज आम्दानी २१% ले र संचालन मुुनाफा १८ %ले वृद्धि गरेको हुदा मुनाफामा धेरै वद्धि हुन सकेको छैन । जसले प्रेभिजनमा ११ करोड ८० लाख रुपैयाँ राखेको छ ।
बैंकले निक्षेपमा १५.२३% ले वृद्धि गरी १ खर्ब ६ अर्ब ९४ करोड ४० लाख रुपैयाँ संकलन गरेको छ । जसबाट बैंकले कर्जामा ८८ अर्ब १७ करोड ३० लाख रुपैयाँ लगानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा कर्जा १९.८८% ले वृद्धि हो ।
बैंकको निष्कृय कर्जा 0.२३ %, जोखिम युक्त सम्पत्ति १५.७०%, सिडि रेसियो ७५.६५ % रहेको छ । बैंकको प्रति शेयर आम्दानी २९.९६ रुपैयाँ, मूल्य आम्दानी अनुपात २६.६० गुणा, प्रति शेयर नेटवर्थ १ सय ७२ दशमलब ९३ रुपैयाँ र तरलता अनुपात ३७ % रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्