×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लुम्बिनी विकास बैंकको सेयर वैशाख २ गतेदेखि लिलामीमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

लुम्बिनी विकास बैंकको सेयर वैशाख २ गतेदेखि लिलामीमा

२७ चैत्र २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – वैशाख २ गतेदेखि लुम्बिनी विकास बैंकले संस्थापक समूह र सर्वसाधारण समूहको गरि कुल ६ लाख १ हजार ३२५.४७ कित्ता सेयर लिलामीमा बेच्ने भएको छ । बैंकले संस्थापक समूहको ३ लाख ७९ हजार ३३६.४४ कित्ता र सर्वसाधारण समूहको २ लाख २१ हजार ९८९.०३ कित्ता सेयर लिलामी गर्न लागेको छ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ । 
यसमा आवेदन दिने अन्तिम म्याद वैशाख ९ गते तोकिएको छ । लगानीकर्ताले बिक्री प्रबन्धक भिबोर क्यापिटल कृष्णगल्ली, ललितपुरबाट आवेदन दिन सक्नेछन् । यसैगरी, लुम्बिनी विकास बैंकको डिल्लीबजारस्थित केन्द्रीय कार्यालयसहित उपत्यका भित्रका त्रिपुरेश्वर, कान्तिपथ, न्यूरोड ठमेल तथा उपत्यका बाहिर पोखराको न्यूरोड र महेन्द्रपुल, विराटनगर, वीरगञ्ज, नारायणगढ, भैरहवा, बुटवल, नेपालगञ्ज,जनकपुर र बनेपा शाखा कार्यालयबाट पनि लिलामी भर्न सकिनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी