×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारमा लगानी गर्ने सोचमा हुनुहुन्छ ? यी हुन् बजारका महत्त्वपूर्ण ‘शब्द-सारथी’ (नयाँ लगानीकर्ताका लागि)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सेयर बजारमा लगानी गर्ने सोचमा हुनुहुन्छ ? यी हुन् बजारका महत्त्वपूर्ण ‘शब्द-सारथी’ (नयाँ लगानीकर्ताका लागि)

Artha Sarokar

२३ चैत्र २०७४, शुक्रबार

पढ्न लाग्ने समय: ९ मिनेटभन्दा कम

  •  नरेन्द्र चुदाली 
नेपालमा औपचारिक रुपमा सेयर कारोबारको सुरुवात वि.सं. १९९४ मा पहिलो पटक विराटनगर जुट मिल र नेपाल बैङ्क लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर जारी गरेपछि भएको पाइन्छ । तर सेयर बजार विकासको मोडालिटी भने २०३३ सालमा सेक्युरिटी खरिद बिक्री केन्द्रको स्थापानापछि भएको हो ।
२०४० सालमा धितोपत्र खरिद ऐन जारी गरेको सरकारले सो ऐनलाई समयानुकुल परिमार्जित गर्दै २०४९ मा संशोधन गर्यो । सोही संशोधनका आधारमा २०५० साल जेठ २५ गते नेपाल धितोपत्र बोर्ड र सोही वर्ष पुस २९ गते नेपाल स्टक एक्सचेन्जको स्थापना गर्दै पुँजी बजारलाई विकास र विस्तारको प्रयास गर्यो ।
ओपन क्राई सिस्टमदेखि अर्धस्वचालित प्रणाली पार गर्दै नेप्से आजको अभौतीकरण कारोबारको अवस्थमा आइपुगेको छ । तर पनि नेपालको पुँजी बजार पूर्ण रुपमा विकसित हुन सकिरहेको छैन् । पुँजी बजारमा नीतिगत, भौतिक र प्राविधिक पाटाहरुमा अझै सुधार गर्नुपर्ने छ । अनलाइन प्रणालीमा नगएसँम पुँजी बजारको विकासको गति सुस्त नै रहने अनुमान गर्न सकिन्छ ।
हाम्रो बजारमा अझै पनि सेयर साक्षारताको कमी छ । बजारका बारेमा ज्ञान नहुँदा पुँजी भएर पनि सेयर बजारमा आउन चाहाने लगानीकर्ता पनि हच्किनु पर्ने स्थिति छ । बजारमा सेयर परामर्शदाताहरुको व्यावस्था छैन । त्यसैले लगानीकर्तालाई बढीभन्दा बढी सेयर साक्षारतको आवश्यकता देखिएको छ । बजारको आकार र आकर्षणमा आएको वृद्धिसँगै पुँजी बजारमा भित्रिन चाहाने नयाँ लगानीकर्ताहरुको सङ्ख्या पनि पछिल्लो समय बढेर गएको छ ।
त्यस्ता लगानीकर्ताहरुलाई पुँजी बजारमा प्रयोग हुने सामान्य शब्द पनि नौलो लाग्ने गर्नाले कहिलेकाहीँ अलमल हुने अवस्था पनि देखिएको छ । पुँजी बजारमा अत्यधिक प्रयोगमा आउने सामान्य तर अत्यधिक महत्व बोकेका शब्दावलीहरुलाई यहाँ प्रस्तुत गरिन्छ । जसको अध्यानबाट विशुद्ध नयाँ लगानीकर्ताहरुले धेरै लाभ लिन सक्नेछन् ।
(१) सेयर दलाल
धितोपत्र बजारमा सेयर खरिद कर्ता र बिक्री कर्तासँग प्रत्यक्ष सम्बन्ध राख्ने निकाय हुन सेयर दलाल अर्थात् ब्रोकर । धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जबाट इजाजत प्राप्त यस्ता संस्थाहरुले धितोपत्र ऐन विनियमहरु अनुरुप लगानीकर्ताहरुलाई सेयर खरिद बिक्री गरिदिने काम गर्दछन् ।
दर्ता क्रम अनुसार प्रायजसो नम्बरले चिनिने ब्रोकरहरु नेपालमा ५० को हाराहारीमा छन् । उदाहरणका लागि कुमारी सेक्युरिटिजलाई १ नम्बर ब्रोकरको रुपमा चिनिन्छ भने आर्यतार इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिजलाई ५७ नम्बर ब्रोकरका रुपमा चिनिन्छ ।
(२०) ट्रेडिङ एकाउन्ट
सेयर कारोबार गर्नका लागि ट्रेडिङ एकाउन्ट अनिवार्य रुपमा खोल्नुपर्छ । यस्तो खाता खोल्ने काम सेयर दलालको हो । यसका लागि एकप्रति नागरिकताको प्रतिलिपि र एकप्रति फोटो सेयर दलालको कार्यालयमा बुझाउनुपर्छ । नाबालकको हकमा जन्मदर्ताको प्रतिलिपि आवश्यक पर्छ । यसका लागि कुनै शुल्क लाग्दैन ।
(३) डिम्याट खाता
सेयर कारोबार गर्नका लागि ट्रडिङ एकाउन्टका साथै डिम्याट एकाउन्ट पनि अनिवार्य छ । पैसा राख्नका लागि बैङ्क खाता भएजस्तो डिम्याट खाता सेयर जम्मा गर्नका लागि हो । कागजी रुपमा रहेका सेयर प्रमाणपत्रहरुलाई डिम्याट खातामा अभौतीकरण गरेर राखिन्छ । कागजी सेयर प्रमाणपत्रहरुलाई डिम्याट नगरी कारोबार गर्न पाइँदैन । डिम्याट एकाउन्ट ब्रोकर, बैङ्क, मर्चेन्ट तथा आरटीएस कम्पनीहरुमा खोल्न सकिन्छ ।

(४) म्युचुअल फन्ड
सर्वसाधारणको पुँजीलाई केही निश्चित शुल्क लिएर धितोपत्र बजारमा सुरक्षित लगानी गरिदिने संस्थाहरुलाई म्युचुअल फन्ड अर्थात् सामूहिक लगानी कोष भनिन्छ । सेयरसम्बन्धी ज्ञानको अभाव भएका विशुद्ध नयाँ लगानीकर्ताहरुले सुरुमा यस्ता फन्डहरुमार्फत लगानी गर्नु उपयुक्त हुन्छ ।
यस्ता संस्थाहरुले कम्पनीहरुको प्राविधिक तथा बजार विश्लेषण गरेर सर्वसाधारणको पैसा सेयरमा लगानी गरिदिन्छन् र आवश्यक परामर्श प्रदान गर्नुको साथै पोर्टफोलियो म्यानेजमेन्ट पनि गरिदिन्छन् ।
लगानी व्यवस्थापनमा यस्ता फन्डहरु निकै दक्ष मानिन्छन् । यसबाट नयाँ लगानीकर्ताहरुको लगानी बढी सुरक्षित हुन्छ । सिद्धर्थ म्युचुअल फन्ड, नबिल म्युचुअल फन्डलगायतका संस्थाहरुले नेपलमा सामूहिक लगानी कोषको रुपमा काम गर्दै आएका छन् ।
९५० मर्चेन्ट बैङ्कधितोपत्र बजारमा साधारण सेयर निष्काशन, आवेदन सङ्कलन, सेयर बाँडफाँट तथा पैसा फिर्ता गर्ने जिम्मेवारी पाएका संस्थाहरुलाई मर्चेन्ड बैङ्क भनिन्छ । यस्ता कम्पनीहरुले हकप्रद तथा बोनस सेयर वितरणसम्बन्धी कार्यहरु पनि गर्दछन् । सगरमाथा मर्चेन्ट यसको उदाहरण हो ।
(६) मार्केट मेकर
नेपाल सरकारको मान्यता प्राप्त गरी धितोपत्र बजारमा ठूलो मात्रामा सेयर कारोबार गरी बजारको विकास र विस्तारमा सहयोग पुर्याउने कम्पनीहरुलाई मार्केट मेकर भनिन्छ । नेपालमा यस्ता ठूला मार्केट मेकरहरुको अभावका कारण बजार अस्थिर भइरहेको छ । पछिल्लो समय सरकारले नागरिक लगानी कोषलाई बजार निर्माताको रुपमा अगाडि बढाउने भने पनि यथोचित प्रगति भएको छैन् ।
(७) सेयर रजिस्टार
कम्पनीहरुको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राखिदिने, दाखिला खारेज, नामसारी, लगत अध्यावधिक लगायतका सेयरसम्बन्धी काम गर्ने संस्थाहरुलाई सेयर रजिस्टार भनिन्छ । एस क्यापिटल, सिभिल क्यापिटल, ग्लोबल क्यापिटल लगायतले यस्तो काम गर्दै आइरहेका छन् ।
(८) प्रिमियम
साधारण सेयर, हकप्रद सेयर निष्काशन गर्दा अङ्कित मूल्यभन्दा बढीमा निष्काशन गरेमा सो अधिक मूल्यलाई प्रिमियम भनिन्छ । प्रायः कम्पनीहरुको अङ्कित मूल्य १०० हुन्छ । सोभन्दा बढी लिएमा त्यो प्रिमियम हो । नाफामा गएका राम्रा कम्पनीहरुले नियमअनुसार प्रिमियम लिन सक्ने व्यावस्था धितोपत्र ऐनमा रहेको छ ।
(९) प्रतिसेयर आम्दानी
सेयरमा लगानी गर्दा कम्पनीको विश्लेषण गर्ने प्रमुख आधार प्रतिसेयर आम्दानी हो । कम्पनीहरुले कमाएको कुल नाफलाई उक्त कम्पनीको कुल सेयरले भाग गर्दा प्रतिसेयर आम्दानी निस्किन्छ । प्रतिसेयर आम्दानी बढी छ भने सो कम्पनीको सेयर मूल्य राम्रो हुन्छ ।
(१०) नेटवर्थ
चुक्ता पुँजीमा कम्पनीको जगेडाकोष जोड्दा नेटवर्थ आउँछ । नेटवर्थ राम्रो छ भने कम्पनीको अवस्था राम्रो छ भन्ने बुझ्नुपर्छ । नेटवर्थ धनात्मक वा क्रृणात्मक दुवै हुन सक्छ । यो महत्वपूर्ण वित्तीय सूचक हो । नेटवर्थ खराब रहेका सेयरमा बैङ्कले ऋण प्रदान गर्दैनन् । तत्कालीन ग्रान्ड बैङ्कको नेटवर्थ ऋणात्मक रहेका कारण धेरै बैङ्कहरुले सो बैङ्कको सेयरमा मार्जिन ल्यान्डिङ कर्जा बन्द गरेका थिए । राष्ट्रबैङ्कको दबाबपछि पनि समस्याग्रस्त अवस्थामा नै भएको सो बैङ्कलाई पछि प्रभु बैङ्कले किनेको थियो ।
(११) भित्री कारोबार
धितोपत्र बोर्डमा सूचीकृत कम्पनीहरुको सूचना जुन सार्वजनिक नै नभई गोप्य रुपमा प्राप्त गरी कम्पनीसँग सम्बन्धित व्यक्ति तथा तिनका नातेदारहरुले पहिले नै कारोबार गरे भने त्यो भित्री कारोबार हो । जस्तैः कुनै कम्पनीले ५० प्रतिशत बोनस दिने निर्णय बाहिर सार्वजनिक हुनु अगावै कम्पनीभित्रकै व्याक्तिले थाहा पाई सेयर कारोबार गरी गलत फाइदा उठाए भने त्यो गैरकानुनी हुन्छ । विश्वभरीको धितोपत्र बजारमा इन्साइडर ट्रेडिङलाई गम्भीर अपराधको रुपमा लिइन्छ । नेपालमा पनि यो गैरकानुनी छ । भित्री कारोबारको आरोपमा एक महिना अगाडि केही ब्रोकर कारबाहीमा परेका थिए ।
(१२) मार्जिन ल्यान्डिङ
कम्पनीले जारी गर्ने साधारण सेयरमा लगानी गर्नका लागि बैङ्कहरुले प्रदान गर्ने ऋणलाई मार्जिन ल्यान्डिङ भनिन्छ ।
(१३) सर्किट ब्रेकर
धितोपत्र कारोबारको समयमा बजार अत्यधिक बढ्न वा घढ्न गएमा सोको नियन्त्रणका लागि उतावचढावको प्रतिशतअनुसार प्याकेजमा बजार बन्द गरिन्छ । त्यसलाई सर्किट ब्रेकर भनिन्छ । कुनै कम्पनीको हकमा कारोबार अवधिमा १० प्रतिशतभन्दा माथिको उतारचढाब भयो भने कारोबार दिनभरीकै लागि बन्द गरिन्छ । समग्र बजारमा भने ३, ४ र ५ प्रतिशतको उतारचढावलाई आधार मानेर सर्किट ब्रेकर लगाउने प्रचलन छ । ५ प्रतिशतले बजारमा उतारचढाव आयो भने समग्र नेप्सेको कारोबार सो दिनका लागि बन्द नै गरिन्छ ।
(१४) प्रोक्सी
कम्पनीको वार्षिक साधारण सभामा यदि कुनै सेयरधनी उपस्थित हुन सकेन भने उसले तोकिएको ढाँचा बमोजिम विवरण भरेर अन्य कुनै व्यक्तिलाई मतदान गर्ने अधिकार दिएमा सो व्याक्तिलाई प्रोक्सी (प्रतिनिधि) भनिन्छ ।
(१५) मार्केट डेफ्ट
कारोबार समयमा कुनै कम्पनीको माग आपूर्ति र मूल्यको विवरण हेर्न पाउने प्रणली नै मार्केट डेफ्ट हो । यो व्यावस्था पहिले ब्रोकरका लागि मात्र रहे पनि पछिल्लो समयमा सर्वसाधारण लगानीकर्ताले पनि हेर्न पाउँछन् । यो नेप्सेको वेबसाइडमा हेर्न सकिन्छ । सोही आधारमा सेयर खरिद बिक्रिको निर्णय लिन सकिन्छ ।
(१६) पुँजीगत लाभकर
सेयर बेच्दा भएको फाइदाबाट नेपाल सरकारलाई तिर्नुपर्ने करलाई पुँजीगत लाभकर अर्थात् क्यापिटल गेन ट्याक्स भनिन्छ । यो सेयर बेच्दा भएको फाइदामा मात्र लाग्छ । व्याक्तिगत लगानीकर्ताका लागि ५ प्रतिशत र संस्थागत लगानीकर्ताका लागि १० प्रतिशत लाग्ने गर्छ ।
(१७)वियरिष्ट ट्रेण्ड
बजारको घट्ने प्रबृतीलाई वियरिष्ट ट्रेण्ड भनिन्छ ।
(१८) बुलिस्ट ट्रेन्ड
बजारको बढ्दो प्रवृत्तिलाई बुलिस्ट ट्रेन्ड भनिन्छ । नेपालको पुँजी बजार इतिहासमा १८८१ सबैभन्दा उच्चतम बुल हो । जुन गत साउनमा पुगेको थियो ।
(१९) ब्रोकर कमिसन
सेयर कारोबार गर्दा ब्रोकरलाई धितोपत्र बोर्डले तोकेअनुरुपको शुल्क बुझाउनुपर्छ । त्यसलाई ब्रोकर कमिसन भनिन्छ । सार्क राष्ट्रमा नै सबैभन्दा धेरै रहेको नेपालको ब्रोकर कमिसन पछिल्लो समय भएको चौतर्फी विरोधपछि भने घटाइएको छ । जुन यस प्रकार छ :
– ५०,००० सम्मको कारोबारमा ०.६ प्रतिशत
– ५०,००० देखि ५,००,००० सम्म ०.५५ प्रतिशत
–५,००,००० देखि २,०००,००० सम्म ०.५ प्रतिशत
– २०,००,००० देखि एक करोडसम्म ०.४५ प्रतिशत
– एक करोडमाथि सबैमा ०.४ प्रतिशत
(२०) ब्लु चिप सेयर
व्यवस्थापन पक्ष राम्रो भएका, संस्थागत सुशासन भएका, राम्रो आम्दानी भएका, सेयरधनीको विश्वास जितेका कम्पनीहरुको सेयरलाई ब्लु चिप सेयर भनिन्छ । यस्ता कम्पनीहरुले लगानीकर्ताहरुलाई नियमित रुपमा लाभांश दिने क्षमता राख्दछन् । यस्ता कम्पनीको बजार मूल्य पनि बढी हुन्छ । नविल बैङ्क, एभरेस्ट बैङ्क, एसबीआई बैङ्क, स्टेर्डड चार्टड बैङ्कलगायतका कम्पनीका सेयरहरुलाई लगानीकर्ताहरुले ब्लु चिप सेयरको रुपमा लिने गर्छन् ।
(२१) बजार पुँजीकरण
नेप्सेमा सूचीकृत कम्पनीहरुका सेयर सङख्यालाई कारोबार भएको दिनको सम्बन्धित कम्पनीको बजार मूल्यले गुणान गर्दा बजार पुँजीकरण आउँछ । गत साउनमा २० खर्ब भन्दा बढी रहेको नेपाली पुँजी बजारको बजार पुँजीकरण हाल १६ खर्बको हाराहारीमा रहेको छ । यसको मतलब भदौ पछि लगानीकर्ताहरुले ४ खर्बभन्दा बढी गुमाएका छन् ।
(२२) स्टक डिभिडेन्ड
कम्पनीले सर्वसाधारण सेयर होल्डरलाई सेयरको रुपमा दिने लाभांशलाई स्टक डिभिडेन्ट अर्थात् बोनस सेयर भनिन्छ । कम्पनीले प्रतिफलका रुपमा निश्चित प्रतिशत बोनस सेयर दिन्छ ।
(२३) क्यास डिभिडेन्ड
सूचीकृत कम्पनीहरुले लगानीकर्ताहरुलाई प्रतिफलका रुपमा नगद प्रदान गर्दछन् भने त्यसलाई क्यास डिभिडेन्ट भनिन्छ । यो नगदका रुपमा आउँछ ।
(२४) चुक्ता पुँजी
कम्पनीले जारी गरेको सेयरको कुल पुँजीलाई चुक्ता पुँजी भनिन्छ । धितोपत्रवालाले कम्पनीलाई तिरेको सेयर मूल्य नै चुक्ता पुँजी हो । जस्तैः कम्पनीले १००० को दरमा जारी गरेको सेयरमा १००० नै भुक्तान वा चुक्ता भएमा त्यो १००० चुक्ता पुँजी हो ।
(२५) हकप्रद सेयर
हकप्रद सेयरलाई राइट सेयर पनि भनिन्छ । कम्पनीले एक पटक साधारण सेयर निष्काशन गरिसकेपछि भविष्यमा फेरि थप पुँजी आवश्यक पर्यो भने त्यतिबेला राइट सेयर निष्काशन गर्न सक्दछ । त्यो हकप्रद अर्थात् राइट सेयर खरिद गर्न पाउने पहिलो अधिकार वर्तमान सेयरधनीलाई हुन्छ । यदि आवह्वानअनुसार हकप्रदमा कम आवेदन पर्यो भनेपछि उक्त सेयर लिलामीमा जान्छ । त्यतिबेला सबैले उक्त सेयर किन्न पाउँछन् ।
(२६) पोर्टफोलियो
बजारमा रहेका विविध क्षेत्रका कम्पनीहरुमा पुँजी लगानी गर्ने कला नै पोर्टफोलियो हो । बिमा, बैङ्क, जलविद्युत, होटललगायतका कम्पनीहरुको अवस्था हेरेर लगानी गर्दा फाइदा कमाउन सजिलो हुन्छ । सबै लगानी एउटै कम्पनीमा हाल्दा जोखिम हुने भएकाले पोर्टफोलियो मिलाउनु आवश्यक छ ।
(२६) अड लट ट्रेड
नियमित कारोबार समयमा नेप्सेमा १० कित्ताभन्दा माथिको सङ्ख्याका सेयरहरु कारोबार हुन्छन् । १० कित्ताभन्दा मुनिको सेयर कारोबार गर्ने कार्यलाई अड लट ट्रेड भनिन्छ । नेप्सेले यस्ता कित्ताहरुको कारोबार गर्ने समय सुक्रबारका लागि मात्र छुट्याइएको छ । यो दिन १० कित्ताभन्दा कम सेयरको मात्र कारोबार हुने गर्दछ ।
(२७) ट्रेडिङ टाइम
नेप्सेले सेयर कारोबारका लागि बिदाको दिनमा बाहेक आइतबारदेखि विहिबारसम्म बिहान ११ बजेदेखि ३ बजेसम्म कारोबार समय निर्धारण गरेको छ । यसलाई नै ट्रेडिङ टाइम भनिन्छ । निर्धारित समयबाहेकको समयमा कारोबार गर्न पाइदैन । यसअघि १२ देखि ३ बजे कारोबार हुने गरेकोमा बजारको चापलाई ध्यान दिँदै धितोपत्र बोर्डले १ घण्टा समयावधि थप गरी ११ बजेदेखि नै कारोबार हुने गरेको छ ।
(२८) पे आउट
धितोपत्र बजारमा सेयर बेचेको पैसा आउन करिब ५ दिन लाग्छ । सेयर बेचेर आउने पैसालाई यस पुँजी बजारको बोलीचालीको भाषामा पे आउट आएको भनिन्छ । पे आउट ले सेयर बेचेर प्राप्त गरिने पैसालाई जनाउँछ ।
(२९) फ्लोर सिट
बजारमा कारोबार भएका कम्पनीको सेयर परिणाम, सेयर मूल्य, कुन ब्रोकरले बेच्यो र कुन ब्रोकरले किन्यो भनेर नेप्सेको वेब साइडमा एउटा विवरण हुन्छ उक्त विवरणलाई फ्लोर सिट भनिन्छ । यसबाट कुन कम्पनीको कति कित्ता सेयर कुन मूल्यमा कुन ब्रोकर मार्फत खरिद बिक्री भएको छ भनेर सजिलै हेर्न सकिन्छ । यसले बजार विश्लेषण गर्न सजिलो हुन्छ । नेप्सेको अफिसियल वेबसाइटमा फ्लोर सिट हेर्न सकिन्छ ।
(३०) सेयर रोक्का (प्लेजड)
सेयर धितो राखेर बैङ्कहरुले कर्जा प्रदान गर्छन् । सोका लागि बैङ्कहरुले कर्जा प्रदान गर्ने सेयरलाई कर्जा चुक्ता नभएसम्म कारोबार गर्न नमिल्ने गरी रोक्का गरिदिएका हुन्छन् । पछिल्लो समय राष्ट्र बैङ्कले सेयर कर्जामा कडाइ गर्दै अधिकतम ५० प्रतिशत मात्र सेयर कर्जा गर्न पाउने व्यावस्था गरेको छ । यसअधि उक्त सीमा अधिकतम ६० प्रतिशत थियो । सेयर रोक्का सेयर दलाल बैङ्क र डीपीको समन्वयनमा हुने गर्छ । कर्जा चुक्ता भइसकेपछि उक्त सेयर फुकुवा भई कारोबारका लागि बाटो खुल्छ ।
(३१) सि- आस्वा
सेन्टरलाइज आस्वा अर्थात सि – आस्वा । यो आस्वाको परिस्कृत सस्करण हो। गत फाल्गुन देखि प्राथमिक निस्काशनमा आवेदन दिनको निम्ति यो प्रक्रिया अनिवार्य गरिएको छ। 
(३२) सि आर एन नम्बर 
सिआएन नम्वर खाता रहेको बैंक तथा वित्तिय सस्थाहरुले उपलब्ध गराउदछ्न। यसको माध्यमबाट अनलाइन सेयर भर्न सकिन्छ। अहिले यो अनिवार्य गरिएको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी