Skip to content

गण्डकीको संस्थापक सेयर बिक्रीमा, क-कसले भर्न पाइने ?

Dish Home

अर्थ सरोकार

८ वर्ष अगाडि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – गण्डकी विकास बैंकका केही संस्थापक सेयरधनीले सेयर बिक्री गर्ने भएका छन् । संस्थापकहरुले बिक्री गर्न लागेका सेयर संख्या र भाउ भने खुलाइएको छैन । यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । 
सेयर खरिद गर्न इन्छुक संस्थापक सेयरधनीले आइतबार (चैत १८ गते) बाट ३५ दिनभित्र गण्डकी विकास बैंकको केन्द्रीय कार्यालय चिप्लेढंगा, पोखरामा निवेदन दिनुपर्नेछ । 
यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने अन्य लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ । यो बैंकले हालैमात्र २५% हकप्रद बिक्री गरी चुक्ता पुँजी २ अर्ब ३० करोड ४९ लाख ७ हजार ५५० रुपैयाँ पुर्याएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्