×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर बढाएपछि स्थानीयबासी र ब्यापारीहरु रेणुसँग अाक्रोसित, भन्छन्- बेकारमा भोट हालिएछ

PRIME CA

कर बढाएपछि स्थानीयबासी र ब्यापारीहरु रेणुसँग अाक्रोसित, भन्छन्- बेकारमा भोट हालिएछ

अर्थ सरोकार

१६ चैत्र २०७४, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

चितवन – भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालसँग नगरबासी अाक्रोसित भएका छन् । नगरपालिकाले दुई हजार प्रतिशतसम्म कर बढाएपछि नगरवासी अाक्रोसित भएका हुन् । सामान्य सेवा र बस्तुमा भारी कगर बृद्धि गरेपछि मेयर दाहालको सर्वत्र विरोध भइरहेको छ ।
महानगरपालिकाले ज्यासल वा आरन राखी काँस, पित्तल तामाको भाडा बनाउनेलार्ई ५०० बाट बढाएर १० हजार कर पुर्याएको छ । एक हजार वार्षिक तिर्दै आएका मैदा उद्योगलाई २० हजार कर तोकिएको छ भने एक हजार तिर्ने प्राविधिक तथा व्यावसायिक शिक्षालयलाई २० हजार पुर्याइएको छ ।
पेट्रोल पम्पमा पनि कर बृद्धि भएको छ । यसअघि चार हजार कर तिर्दै अाएका पम्पले अब २५ हजार कर तिर्नुपर्ने भएको छ । त्यसैगरी पोल्ट्रीमा कर वृद्धि गरिएको छ । ६ हजार तिर्दै अाएका ह्याचरी उद्योगले अब ३० हजार कर तिर्न भएको छ । पेन्टस् उद्योगले चार हजार ५०० बाट ५० हजार, सिमेनमा हलले दुई हजारबाट २५ हजार, सीसा पसल एक हजार ५०० बाट २० हजार कर तिर्नुपर्ने भएको छ ।
देशभरकै सबैभन्दा बढी कर वृद्धि भरतपुर महानगरमा भएको बताउँछन् उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष सहनलाल प्रधान । कर अस्वभाविक कर बढाएर व्यवसायीको ढाड सेक्ने काम गरेको बताए । उनले अन्य महानगरको हाराहरीमा कर वृद्धि गर्न माग समेत गरेका छन् ।
विगतदेखि न्यून कर रहेकोले एकै पटक बढाउनु परेको भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी बताउँछन् । सबै क्षेत्रमा बढेको करले जनताको दैनिकीमा प्रत्यक्ष प्रभाव परेकाले नगरबासीले मेयर दाहालको विरोध गरेका छन् । उनीहरु दाहाललाई बेकारमा भोट हालियो भन्न थालेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: