×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सपोर्ट माइक्रोफाइनान्सको चैत २९ मा एजीएम हुँदै, यस्ता छन् एजेन्डाहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सपोर्ट माइक्रोफाइनान्सको चैत २९ मा एजीएम हुँदै, यस्ता छन् एजेन्डाहरु

१५ चैत्र २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको तेस्रो वार्षिक साधारण सभा चैत २९ गते हुने भएको छ । यो सभा दुर्गा पार्टी प्यालेस इटहरी उपमहानगरपालिका वडा नम्बर ४, आइतबार बिहान ११ बजे सुरु हुनेछ ।
सपोर्टले उक्त सभामा  १० जिल्लाबाट कार्यक्षेत्र बढाएर १९ जिल्ला पुर्याउने विशेष प्रस्ताव पेश गर्दैछ । साथै कम्पनीले प्रदेश १ को झापा, इलाम, ताप्लेजुङ्, मोरङ, संखुवासभा, ओखलढुंगा र सोलखुम्बु तथा प्रदेश २ को सिराहा र सप्तरीमा नयाँ शाखा कार्यालय थप गर्न लागेको हो । 
त्यस्तै, मुख्य कार्यालय इटहरीको वडा नम्बर २६ बाट इटहरीकै वडा नम्बर १ मा सार्ने प्रस्ताव पनि साधारण सभामा पेस हुनेछ ।  प्रमुख कार्यकारी अधिकृतको तलब तथा सञ्चालकहरुको बैठक भत्ता सम्बन्धी नियमावलीहरु संशोधन गर्ने एजेन्डा पनि रहेका छन् । आर्थिक वर्ष २०७३–७४ को वार्षिक प्रतिवेदन र सोही वर्षको वासलात तथा नाफा नोक्सान सम्बन्धी प्रस्ताव पनि सभामा पेश हुनेछ । साधारण सभा गर्न सपोर्टले चैत १६ देखि चैत २९ गतेसम्म बुक क्लोज गर्दैछ । यो माइक्रोफाइनान्सले गत असोज १८ देखि २३ गतेसम्म १ लाख ८० हजार कित्ता आइपीओ निष्कासन गरेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी