- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर कारोबार बिहीबारदेखि सुरु भएको छ । नेप्सेले आरम्भको पहिलो कारोबारका लागि ८१.८४ रुपैयाँदेखि २४५.५२ रुपैयाँ ओपन रेन्ज दिएको छ । अब आरम्भको पहिलो सेयर कारोबार यही मूल्यभित्र रहेर खुल्नेछ । आरम्भले कारोबारका लागि ‘एएमएफआइ’ संकेत पाएको छ ।
आरम्भले फागुन १५ गतेदेखि २० गतेसम्म १०० रुपैयाँ दरको २ लाख ९४ हजार कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ८ हजार ८२० कित्ता (३%) सेयर कर्मचारी र १४ हजार ७०० कित्ता (५%) म्युचुअल फन्डलाई छुट्याएर बाँकी २ लाख ७० हजार ४८० कित्ता सर्वसाधारणलाई बिक्री गरेको थियो ।