
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – एसियन लाइफ इन्सुरेन्सको ५०% हकप्रद भर्न अब ३ कार्यदिन मात्र बाँकी रहेको छ । चैत १८ गते कार्यलय समयसम्म मात्र यो हकप्रदमा आवेदन दिन सकिनेछ । एसियनले फागुन १३ गतेदेखि २ः१ अनुपातमा ४० लाख २७ हजार ९६६.२० कित्ता सेयर बिक्री खुला गरेको हो । माघ ७ गतेसम्म कायम रहेका सेयरधनीले मात्र यो हकप्रद भर्न पाउने छन् । हाल एसियन लाइफको चुक्ता पुँजी ८० करोड ५५ लाख ९३ हजार रुपैयाँ मात्र रहेको छ । हकप्रद सेयर बिक्रीपछि भने कम्पनीको चुक्ता पुँजी १ अर्ब २० करोड ८३ लाख ८९ हजार रुपैयाँ पुग्नेछ ।
बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स लाजिम्पाट, काठमाडौं तथा यसका शाखा कार्यालयहरु लगनखेल ललितपुर र पोखरा चिप्लेढुंगाबाट पनि भर्न सकिने व्यवस्था छ । त्यसैगरी, एसियन लाइफ इन्सुरेन्सको मुख्य कार्यालय मैतीदेवी काठमाडौंसहित अधिकांश शाखा कार्यालय र धितोपत्र बोर्डबाट इजाजत प्राप्त आस्वा सेवामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्