×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेष्ट इन्स्योरेन्सले बोलायो वैशाख १० गते साधारण सभा, के-के प्रस्ताव पेश गर्दै ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एभरेष्ट इन्स्योरेन्सले बोलायो वैशाख १० गते साधारण सभा, के-के प्रस्ताव पेश गर्दै ?

८ चैत्र २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – एभरेष्ट इन्स्योरेन्स कम्पनीले २०७५ वैशाख १० गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । इन्स्योरेन्सको चैत ७ गते बुधबार बसेको सञ्चालक समितिको ७९ औं बैठकले अग्रवाल भवन कमलपोखरीमा २३ औं साधारणसभा बस्ने तय गरेको हो ।
साधरणसभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर वितरण गर्ने र बोनसपश्चात कायम पूँजीमा ५१ प्रतिशत हिस्सा संस्थापक तथा ४९ प्रतिशत हिस्सा साधारण शेयर कायम गर्ने भएको छ । जसका लागि कम्पनीले दुई चरणमा हकप्रद निष्कासन गर्ने गरी प्रस्ताव गरेको छ । यसअघि ६०० प्रतिशत हकप्रद निष्कासनको प्रस्ताव गरेको इन्स्योरेन्सले त्यसलाई परिमार्जन गरी पहिलो चरणमा १०५ प्रतिशत संस्थापक हकप्रद जारी गर्नेछ । त्यसपछि कायम हुने पूँजीमा सम्पूर्ण शेयर धनीलाई ३०० प्रतिशत हकप्रद जारी गर्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी