×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिलायन्सको सेयर लिलामी भर्ने आज अन्तिम म्याद

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

रिलायन्सको सेयर लिलामी भर्ने आज अन्तिम म्याद

८ चैत्र २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – रिलायन्स फाइनान्सको ६ लाख ५२ हजार ९४०.६० कित्ता सेयर लिलामी भर्ने बिहीबार अन्तिम म्याद रहेको छ । आज कार्यालय समयभित्र सम्ममा यो लिलामीमा आवेदन दिइ सक्नुपर्ने छ । कम्पनीले चैत १ गतेदेखि संस्थापक समूहको ५ लाख ४२ हजार ३१४.५२ कित्ता र सर्वसाधारण समूहको १ लाख १० हजार ६२६.०८ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो ।
लिलामीमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले सर्वसाधारणतर्फ न्यूनतम १०० कित्ता र संस्थापकतर्फ न्यूनतम १००० कित्तादेखि अधिकतम सबै सेयरका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरी, काठमाडौंलगायत यसका विराटनगर, वीरगञ्ज, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सक्नेछन् । यसैगरी, रिलायन्स फाइनान्सको पोखरा, नारायणगढ, बनेपा र झापाको चारआली शाखाबाट पनि लिलामी भर्न सक्ने व्यवस्था छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी