- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – प्रिमियर इन्सुरेन्सको १३.५२% बोनस सेयर सुरक्षित गर्ने बुधबार अन्तिम दिन रहेको छ । प्रिमियर ले चैत २६ गते बस्ने वार्षिक साधारण सभा बस्ने भएको छ । उक्त सभामा इन्सुरेन्सले १३.५२% बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव लैजाँदैछ । यसका लागि कम्पनीले बिहीबारदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्दैछ । यसकारण प्रिमियरले दिने बोनस सुरक्षित गर्न बुधबारसम्म कम्पनीको सेयरधनी बनेको हुनुपर्छ ।
साधारण सभा नक्साल ब्यांक्वेट, नक्साल काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ । प्रिमियरले आर्थिक वर्ष २०७३–७४ को वार्षिक प्रतिवेदन र सोही वर्षको नाफा नोक्सान, वासलात तथा अन्य हिसाब सम्बन्धि विवरण पारित गर्ने प्रस्ताव पनि राख्नेछ । सभामा २०७४/७५ को लेखापरीक्षण समितिले सिफारिस गरे बमोजिम लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि हुनेछ । हाल कम्पनीको चुक्ता पुँजी ४४ करोड ८५ लाख ४ हजार रुपैयाँ रहेको छ ।