×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एआईजीका छोराको ठमेलमा दादागिरी ! मध्यरातमा प्रहरीलाई नै यसरी फसाए

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एआईजीका छोराको ठमेलमा दादागिरी ! मध्यरातमा प्रहरीलाई नै यसरी फसाए

६ चैत्र २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – ठमेलमा एक युवक प्रहरीमाथि नै जाइलागेपछि घटनाले नयाँ मोड लिएको छ । गते ‘गुड फ्राइडे’ मनाउन ठमेल पुगेका ती युवकले मादक पदार्थ सेवन गरेर प्रहरीमाथि हातपात गरेपछि घटनाले नयाँ माड लिएको हो ।

कसरी घट्यो घटना ?

ठमेलमा दरबारमार्गका प्रहरी निरीक्षक नेतृत्वको सादा पोशाकको टोली शुक्रबार राति नियमित ड्युटीका क्रममा ठमेल पुग्यो । प्रहरीले एउटा ट्याक्सी पनि लगेको थियो । राति २५ वर्षीय सुगम बमसहित ६–७ जनाको समूह आयो र ट्याक्सी चालकसँग विवाद गर्न थाले । लामै विवाद भएपछि एक जना प्रहरीले उक्त ट्याक्सी आफूहरुका लागि राखिएको बताए ।
तर, प्रहरीले त्यति भन्नासाथ सुगम झन् चर्किए । उनले एआईजी बुबाको धक्कु लगाउँदै ‘तिमीहरु जस्ता ४–५ जना मेरो घरमा खाना पकाउने मान्छे छन्’ भन्न थाले ।
त्यसपछि विवाद झन् लम्बियो । प्रहरीले उनलाई चौकीमा हिँड्न भन्यो तर, मानेनन् । त्यस क्रममा प्रहरीले उनलाई गाडीमा चढाउन बल नै प्रयोग गर्नु पर्यो ।
सुगम प्रहरीमाथि नै जाइलागे । प्रहरीले उनलाई दरबारमार्ग वृत्तमा पुर्योएर रातभर राख्यो ।
सुगमले पटकपटक एआईजीको छोरा भनेपछि प्रहरीले उनका बुबा र आमालाई बिहानपख फोन गरे । नभन्दै उनी प्रदेश ४ का प्रहरी प्रमुख एआईजी कमलसिंह बमका जेठा छोरा रहेछन् ।
बिहानै आमा प्रहरी कार्यालयमा पुगिन् र, चाहिएको बेला उपस्थित गराउने गरी प्रहरीले छोडिदियो । प्रहरी हिरासतबाट छुटेलगत्तै उनले आफू प्रहरीबाट कुटिएको भन्दै खबर गर्नुका साथै उजुरी छानबिन शाखामा उजुरी नै दिएका छन् । घटनाबारे छानबिन गर्न समिति बनेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी