Skip to content
LAXMI SUNRISE BANK

सांग्रिलाको सेयर लिलामीमा आउँदै, यस्ता छन् भर्ने ठाउँ

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – चैत १३ गतेदेखि सांग्रिला डेभलपमेन्ट बैंकले  ९ लाख २ हजार ९९७.५० कित्ता सेयर लिलामीमा बेच्ने भएको छ । बैंकले संस्थापक समूहको ३ लाख ९२ हजार ७७२.५० कित्ता र सर्वसाधारण समूहको ५ लाख ९ हजार २२५ कित्ता सेयर लिलामीमार्फत बिक्री गर्ने तयारी गरेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । आवेदन दिने अन्तिम म्याद चैत २० गतेसम्म हो । 
बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी, काठमाडौं तथा सांग्रिला डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय बालुवाटार काठमाडौं सहित शाखा कार्यालयहरु पोखरा, बुटवल, नारायणगढ, नेपालगञ्ज, सुर्खेत, अत्तरिया र घोरही कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । त्यसैगरी, प्रभु बैंकको विराटनगर, विरगञ्ज र धनगढी शाखा कार्यालयबाट पनि लिलामी भर्न सकिनेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK