×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल लाइफको ४२% बोनस सेयर पारित गर्न कहिले हुँदैछ एजीएम ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल लाइफको ४२% बोनस सेयर पारित गर्न कहिले हुँदैछ एजीएम ?

४ चैत्र २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – चैत २८ गते नेपाल लाइफ इन्सुरेन्सको अठारौं वार्षिक साधारण सभा  हुने भएको छ । सभामा नेपाल लाइफले ४२% बोनस सेयर र त्यसका साथै २८.५३% नगद लाभांश पनि वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।  नेपाल लाइफले १ अर्ब ३० करोड ५ लाख रुपैयाँ बोनस वितरण र ८८ करोड ३२ लाख ९७ हजार रुपैयाँ नगद लाभांशका लागि खर्च गर्नेछ ।
नेपाल लाइफले हाल कायम संस्थापक तथा साधारण सेयरधनीको शेयर स्वामित्व संरचनालाई परिर्वतन गर्ने अर्को विशेष प्रस्ताव पनि लैजाने भएको छ । जस अनुसार संस्थापक शेयरधनीको १०% हिस्सा सेयर साधारण सेयरमा परिणत गरिनेछ । हाल कम्पनीमा संस्थापकको ७०% र साधारण सेयरधनीको ३०% सेयर स्वामित्व रहेको छ । यसलाई परिर्वतन गरेर संस्थापकको ६०% र सर्वसाधारणको ४०% कायम गर्ने प्रस्ताव साधारण सभामा लगिदैने छ । सभा होटल भिष्वा, वीरगञ्जमा बिहान ९.३० बजेबाट सुरु हुनेछ ।
कम्पनीको अधिकृत पुँजी वृद्धि गरेर ८ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पनि साधारण सभामा पेश गरिदैछ । सभामा २०७४ असार मसान्त सम्मको वासलत तथा २०७३–७४ को आयव्यय, नाफा नोक्सान र अन्य हिसाब सम्बन्धी सम्पूर्ण प्रस्ताव पनि पेश गरिनेछ । साधारण सभा गर्न नेपाल लाइफले चैत १४ गतेदेखि चैत २८ गतेसम्म बुक क्लोज गर्नेछ । चैत १३ गतेसम्म मात्र कायम सेयरधनीले बोनस र नगद लाभांश पाउनेछन् । हाल नेपाल लाइफको चुक्ता पुँजी ३ अर्ब ९ करोड ६४ लाख २८ हजार ६२५ रुपैयाँ छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी