×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक्सलले चैत २३ मा बोलायो विशेष साधारण सभा, कहिले हुँदैछ बुक क्लोज ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

एक्सलले चैत २३ मा बोलायो विशेष साधारण सभा, कहिले हुँदैछ बुक क्लोज ?

Artha Sarokar

२ चैत्र २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – चैत २३ गते एक्सल डेभलपमेन्ट बैंकको विशेष साधारण सभा हुने भएको छ । उक्त सभामा बैंकले कार्यक्षेत्र विस्तार गर्ने प्रस्ताव लैजाने भएको छ । साथै प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि विशेष साधारण सभामार्फत पारित गराउने एजेन्डा छ । विशेष साधारण सभा गर्न बैंकले चैत ९ गतेदेखि चैत २३ गतेसम्म बुक क्लोज गर्ने भएको छ । हाल एक्सलको चुक्ता पुँजी ६९ करोड २६ लाख ७३ हजार रुपैयाँ छ । 
सभा साई प्यालेस रेष्टुरेन्ट एन्ड बार, विर्तामोड (झापा) मा बिहान ११ बजेबाट सुरु हुनेछ । एक्सलले सभामा नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा फेरबदल गर्न कुनै निर्देशन आएमा त्यसको परिमार्जन गर्ने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि लैजानेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी