×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम लाइफको हकप्रद बिक्री खुला, कहाँ जाने फारम भर्न ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्राइम लाइफको हकप्रद बिक्री खुला, कहाँ जाने फारम भर्न ?

२७ फाल्गुन २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – फागुन २७ गतेदेखि प्राइम लाइफ इन्सुरेन्सको १६०% हकप्रद बिक्री खुला भएको छ । कम्पनीले १ः१.६ अनुपातमा ९७ लाख ६३ हजार २०० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो ।  १०० रुपैयाँ अंकित मूल्यको यो हकप्रद वैशाख २ गतेसम्म आवेदन दिन पाइनेछ । इन्सुरेन्सले हालैमात्र १६०% हकप्रद बिक्रीपछि कायम हुने चुक्ता पुँजीको १२.५% बोनस सेयर दिने घोषणा पनि गरेको छ ।
बिक्री प्रबन्धक सिद्धार्थ क्यापटिल लिमिटेड नारायणचौर नक्साल काठमाडौं तथा प्राइम लाइफ इन्सुरेन्सको मुख्य कार्यालय हात्तिसार काठमाडौं र यसका अधिकांश शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, धितोपत्र बोर्डबाट इजाजत प्राप्त आस्वा सेवामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ । बिमा समितिले तोकेको २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन प्रयासरत यस कम्पनीले भारीमात्रामा हकप्रद सेयर बिक्री गर्न लागेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी