×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंकको ४०% हकप्रद भर्ने आज अन्तिम म्याद

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

प्रभु बैंकको ४०% हकप्रद भर्ने आज अन्तिम म्याद

Artha Sarokar

२३ फाल्गुन २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – प्रभु बैंकको ४०% हकप्रद भर्ने बुधबार अन्तिम दिन हो । आज कार्यालय समय भित्र यो हकप्रदमा आवेदन दिन सकिनेछ । प्रभुले माघ ७ गतेदेखि फागुन १३ गतेको समयसिमा तोकेर १०ः४ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको २ करोड ३५ लाख २५ हजार ६०८ कित्ता सेयर बिक्री खुला गरेको थियो । त्यस अवधिमा आवश्यक मात्रमा आवेदन नपरेपछि सेयर भर्ने म्याद १० दिन थप गरेर फागुन २३ गतेसम्म पुर्याएको हो ।
बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी काठमाडौं र प्रभु बैंकको प्रधान कार्यालय बबरमहल काठमाडौं तथा यसका अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी