
पोखरा- पोखरामा नै अस्पतालमा डाक्टर नहुँदा एक बालकको ज्यान गयो भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर यो सत्य हो । पोखरामा होली खेल्नेक्रममा घरको छतबाट खस्दा एक बालकको अस्पतालमा जाँदा अस्पतालमा जाँदा डाक्टर नहुँदा ज्यान गएको छ । पोखरा लेखनाथ महानगरपालिका २ विन्ध्यवासिनीका ११ बर्षिय आविस्कार रेग्मी घरको छतबाट खसेपछी अस्पताल लैजाँदा अस्पतालमा डाक्टर नाभायेपछी उनको ज्यान गएको हो । पछिल्लो समय फिस्टेल अस्पतालमा डाक्टर र अस्पतालको लापरबाहीका कारण बिरामीको ज्यान जाने क्रम बढेको छ।
यद्यपी उनको पोखराको फिस्टेल हस्पिटलमा उपचारका क्रममा ज्यान गएको कास्कीका प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले जानकारी दिए । होली खेल्ने क्रममा आफ्नै घरको दुई तला माथीबाट खस्दा रेग्मीको टाउकोमा चोट लागेको थियो । यता घरको छतबाट खसेका रेग्मीलाई उपचारका लागि तत्काल फिस्टेल हस्पिटल पुर्याएको भएपनि डाक्टर आउन झण्डै एक घण्टा ढिला भएको परिवार सदस्यले जानकारी दिएका छन् । उपचारका लागि काठमाडौँ लैजान हेलिकप्टर समेत खोजिसकेपनि अन्तिममा फिस्टेल हस्पिटलमै अप्रेशनको तयारी गर्दागर्दै २ घण्टा ढिला भएका कारण उनको ज्यान गएको बताएइको छ ।
आविस्कार गण्डकी बोर्डिङ स्कूलमा कक्षा ५ मा अध्ययन गर्दथे । परिवारमा सन्तानका रुपमा आविष्कार र उनकी दिदी मात्रै हुन् । उनी होली मनाउनकै लागि घर आएका थिए । आविस्कार र दिदी छतमा खेल्दै थिए । रंग पानीको बाल्टी खन्याउने क्रममा बाल्टीसँगै उनी भुईंमा पछारिएका उनको दाहिने कञ्चट र पछाडि गर्धनमा चोट लागेका कारण निधन भएको हो । अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार अस्पताल ल्याईसकेपछि पनि आविस्कार बोल्दै थिए । विस्तारै अचेत हुँदै गएको र साढे २ बजेतिर अस्पतालले मृत घोषणा गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्