×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ब्ल्याक लिस्टेड कम्पनीलाई ठेक्का, कमिशनको लोभले सशस्त्रको मिसन गुम्ने खतरा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ब्ल्याक लिस्टेड कम्पनीलाई ठेक्का, कमिशनको लोभले सशस्त्रको मिसन गुम्ने खतरा

१५ फाल्गुन २०७४, मंगलवार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

काठमाडौं – सशस्त्र प्रहरीले द्वन्द्वग्रस्त मुलुक साउथ सुडानमा ५ वटा आर्म पर्सनल क्यारियर (एपिसी) किन्न विवादित ठेकदार कम्पनी जय हनुमान ट्रेडर्सलाइ दिने तयारी गरेको छ । राजुमान मिश्रले चलाएको सो कम्पनीमार्फत ठेक्का दिन आईजी सिंहबहादुर श्रेष्ठको निर्देशनमा डिआइजीद्वय राजु अर्याल र चिरन्जीवी अधिकारी तथा कानुन शाखाका डिएसपी युवराज अर्याल, लागि परेको स्रोतले जनाएको छ । 
सो कम्पनीले यसअघि समयमै सामान उपलब्ध गराउन नसक्दा सशस्त्रले ठेक्का रद्द गर्नु परेको थियो । अहिले सोही कम्पनीलाई ठेक्का दिन यो समूह फेरी सक्रिय भएको हो ।
डिआईजीद्वय अधिकारी र अर्याल पूर्व सशस्त्र प्रहरी महानीरिक्षक कोषराज वन्तका विश्वास पात्र समेत हुन् । उनीहरूकै कारण अहिले सशस्त्रले पाएको मिसन गुम्ने खतरा बढेको छ । समयमै एपीसी पठाउन नसक्दा ९ करोड गुमाएको सशस्त्रले नेपाली सेनासँग किन्ने भनेको एपीसी खरिद रद्द गर्दे सो कम्पनीमार्फत किन्ने तयारी गरेको हो । तीन वर्ष अघि नै संयुक्त राष्ट्रसंघको मापदण्ड अनुरूप पठाउनुपर्ने १२ मध्ये ७ मात्रै एपिसी पठाएपछि बाँकी भएको ५ वटा अझै पठाउन नसक्दा सो रकम गुमेको थियो । 
सशस्त्र प्रहरी बलका पूर्वआईजी वन्तको डिजाईनमा डिआइजीद्वय अर्याल र अधिकारीको मिलोमतोमा पहिला नै ब्ल्याक लिस्टेड ठेकेदार कम्पनी मार्फत पुनः एपीसी खरिद योजना बनाइएको छ । 
सेनासँग लिँदा कमिशन नआउने भएकाले उनीहरूले ठेकेदार कम्पनी नै रोजेको स्रोतले दावी गरेको छ । समयमै एपीसीसहित बन्दोबस्तीका सामानहरू पठाउन नसक्दा संयुक्त राष्ट्रसंघले दिने शोधभर्ना वापतको रकम गुमेको हो । जुन रकम सशस्त्र प्रहरीले कल्याणकारी कोषमार्फत खर्च गर्दै आएको छ । सशस्त्र प्रहरी बलको लाइबेरिया शान्ति मिसन बन्द भएपछि त्यहाँ प्रयोग भएको ७ वटा एपीसी साउथ सुडान लगिएको थियो ।
संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ ‘युनाइटेड नेसन्स मिसन इन लाइबेरिया’ (अनामिल)मा खटिएको ‘फम्र्ड पुलिस युनिट’ (एफपियू) टोली २०७२ को अन्तिममा नेपाल फर्किएसँगै लाइबेरिया मिसन बन्द भएको थियो । सशस्त्र प्रहरीले साउथ सुडानमा त्यही प्रयोग भएको ७ एपीसी पठाएको थियो । सशस्त्रले मिसनमा पठाउनुपर्ने ५ मध्ये २ थान एपीसी नेपाली सेनासँग किनेर पठाउने निर्णय गरेको थियोे भने बाँकी चाहि जय हनुमान ट्रेडर्स मार्फत पठाउने ठेक्का गरेको थियो । तर २ फागुनमा बसेको पोलिसी कोर्डिनेशन कमिटि (पीसीसी)को बैठकले नेपाली सेनासँग खरिद गर्ने भनिएको एपीसी नकिन्ने निर्णय गरेको छ दक्षिण सुडानका लागि सशस्त्र प्रहरी बलले तीन वर्षअघि ९ वटा एपिसी खरिद प्रक्रिया अघि बढाएको थियो । सशस्त्र प्रहरीले संयुक्त अरब इमिरेट्सको इन्टरनेशनल आर्मदरद ग्रुपसँग २६ लाख ८२ हजार अमेरिकी डलरमा ९ वटा एपिसी खरिदका लागि ०७१ साल पुस ११ गते सम्झौता गरेको थियो । सो कम्पनीको नेपाली एजेन्ट जय हनुमान टेडर्ससँग चार महिनाभित्र एपिसी उपलब्ध गराउन सम्झौता गरिएको थियो । सो कम्पनीले समयमै सामान नदिएपछि त्यससँगको सम्झौता रद्द भएपनि थप तीन वटा पनि सोही कम्पनीलाई किन्न दिने निर्णय भएको थियो । तर सो कम्पनीले अघिल्लो ९ सहित थप ३ वटा पनि दिन नसकेपछि नेपाली सेनासँग भएको २ वटा चाहीँ तत्काल पठाउने निर्णय सशस्त्र गरेको थियो । संयुक्त राष्ट्रसंघका अधिकारीहरूले सेनासँग भएको सो एपीसी नीरिक्षणको क्रममा उपयुक्त ठहर गरी तत्काल पठाउन भनेको पनि ७ महिना वितिसकेपछि सशस्त्रले सो एपीसी नकिन्ने निर्णय गरेको हो ।
दक्षिण सुडानमा सशस्त्र प्रहरीका दुई वटा एफपियू मिसन छन् । एपिसी लगायत सामान राष्ट्र संघले तोकेअनुसार नहुँदा सशस्त्र प्रहरीले राम्रोसँग ड्युटी गर्न सकेको छैन । दक्षिण सुडानको द्वन्द्वग्रस्त बोर भन्ने ठाउँमा सशस्त्र प्रहरीलाई खटाइएको छ । लाइबेरियामा शान्ति सैनिक कटौती गर्ने संयुक्त राष्ट्रसंघको योजनाअनुसार सशस्त्रको एफपियू मिसन बन्द भएको थियो । त्यहाँको शान्ति सुरक्षामा सुधार भएपछि शान्ति सैनिक कटौती गरिएको हो । लाइबेरिया मिसन सशस्त्र प्रहरीको पहिलो एफपियू मिसन हो । त्यहाँ सशस्त्रले करिब १० वर्ष काम गरेको थियो । सशस्त्रको तीनवटा एफपियू मिसन रहेकोमा अहिले दुईवटा मात्र रहेका छन् । हाल सशस्त्रका दक्षिण सुडानमा दुईवटा एफपियू मिसन छन् । एउटा मिसन चार बर्षअघि लाइबेरियाबाटै स्थानान्तरण गरिएको हो भने दुई वर्ष अघि राष्ट्रसंघले अर्काे मिसन सशस्त्र प्रहरीलाई थपेको थियो । संयुक्त राष्ट्र संघको आह्वानमा द्वन्द्वग्रस्त मुलुक हाइटी र सुडानमा शान्ति स्थापनार्थ नेपाल प्रहरीको एफपियू मिसन क्रियाशील छ । एसपीको कमाण्डमा १४० जनाको समूह एक ठाउँमा कार्यरत छ । विगतमा ६ महिने एफपियू मिसन भए दुइ वर्षदेखि यो मिसन एक वर्षे बनाइएको छ । – जनप्रहार साप्ताहिकबाट 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी