Skip to content
LAXMI SUNRISE BANK

हृदयाघातका कारण खाँदबारी नगरपालिकाका वडाध्यक्षको निधन

अर्थ सरोकार

संखुवासभा – संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका– ३ का वडाध्यक्ष तोयानाथ ढुङ्गानाको हृदयाघातका कारण निधन भएको छ । ढुंगानाको गत आइतबार ६५ वर्षको उमेरमा निधन भएको हो ।
फागुन १३ गते बिहान ढुंगाना एक्कासि ढलेपछि उनलाई जिल्ला अस्पताल  खाँदबारी ल्याइएको थियो । तर चिकित्सकले उनलाई बचाउन सकेनन् । अस्पताल पुर्याएलगत्तै उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । ढुंगाना केही समयदेखि मुटु र रक्तचापका बिरामी थिए ।
शिक्षण पेशाबाट सेवानिवृत्त ढुङ्गाना ०७४ असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट खाँदबारी नगरपालिका–३ को वडाध्यक्षमा निर्वाचित भएका थिए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK