×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्णाली डेभलपमेन्ट बैंकको २२५% हकप्रद भर्ने समय कहिले सम्म, यहाँ जानुस् फारम भर्न ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कर्णाली डेभलपमेन्ट बैंकको २२५% हकप्रद भर्ने समय कहिले सम्म, यहाँ जानुस् फारम भर्न ?

१३ फाल्गुन २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – कर्णाली डेभलपमेन्ट बैंकको २२५% हकप्रद भर्ने म्याद बुधबारसम्म मात्र बाँकी रहेको छ । लगानीकर्ताले फागुन १६ गते बुधबारभित्र यो हकप्रद सेयर भरिसक्नुपर्नेछ । कर्णालीले गत माघ ११ गतेदेखि २२५% हकप्रद सेयर बिक्री खुला गरेको हो । बैंकले १ः२.२५ अनुपातमा ३३ लाख ९७ हजार ५०० कित्ता सेयर बिक्री गरिरहेको छ । १०० रुपैयाँ अंकित मूल्यको यो हकप्रद सेयरमा पुस १९ गतेसम्म कायम रहेका सेयरधनीले मात्र यसमा आवेदन दिन सक्नेछन् ।
बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड, कमलादी काठमाडौं तथा कर्णाली डेभलपमेन्ट बैंकको नेपालगञ्ज, बाँके तथा यसका अन्य शाखाबाट पनि आवेदन दिन सकिनेछ । त्यसैगरी, प्रभु बैंकको विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल र धनगढी शाखा तथा आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन मिल्छ । हाल बैंकको चुक्ता पुँजी १५ करोड १० लाख रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि भने कर्णालीको चुक्ता पुँजी ४९ करोड ७ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी