×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेकपा माओवादी नेता रोकायाले किन भने कर्णालीका सांसदहरुलाई ‘लेण्डुप’ र ‘दलाल’ ? यस्तो छ भित्री कारण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेकपा माओवादी नेता रोकायाले किन भने कर्णालीका सांसदहरुलाई ‘लेण्डुप’ र ‘दलाल’ ? यस्तो छ भित्री कारण

Artha Sarokar

१३ फाल्गुन २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सुर्खेत – प्रदेश नम्बर ६ का सबै सांसदहरुलाई ‘लेण्डुप’ भनेर माओवादी केन्द्रका पोलिट्ब्यूरो सदस्य प्रकाश रोकायाले  भनेका छन् । प्रदेश सभा बैठकले प्रदेशको नाम र राजधनीबारे गरेको निर्णयप्रति असन्तुष्टी जनाउँदै नेता रोकायाले कर्णालीलाई राजधानीसँग साटेको बताएका छन् । उनले कर्णालीको नाम बचेको अारोप समेत लगाएका छन् ।
कर्णाली जनअधिकार मंचका अध्यक्ष समेत रहेका नेता रोकायाले छलफल, सुझाव र बहस नगरी प्रदेशको नाम र राजधानीबारे निर्णय गरेको बताएका छन् । उनले कर्णाली स्वास्यत्त प्रदेशको अावश्यकता प्रष्ट भएको समेत बताएका छन् ।

सामाजिक संजालमा रोकायाले लेखेका छन्ः 

अाज सुर्खेतमा लेण्डुपहरुले कर्णालीसँग राजधानि साट्ने काम गरेछन् ।
कर्णालिकाे नाम बेचेर राजधानिकाे नामाकरण गर्नमा हताराे किन ?
कर्णाली मरेकाे छैन ज्युदैछ भन्ने हेक्का हाेस् दलालहरुलाई ।
बिना छलफल, बिना सुझाव र बिना बहस के बाध्यता अाई लाग्याे लेण्डुपहरुलाई !
तसर्थ कर्णाली बिशेष स्वायत्त प्रदेश अब छिट्टै अावश्यक छ भन्ने अाज स्पष्ट भएको छ ।
अब भाेलिबाट के-के हुन्छ सम्पर्कमा अाउन सम्पूर्ण कर्णाली बासिमा अनुराेध छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी