
- अर्थ सरोकार सम्बाददाता
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले फाल्गुन ८ गते नेपाल बन्दको घोषणा गरेको छ । आफ्ना केन्द्रीय नेताहरुसहित सयौं नेता-कार्यकर्ताहरु गिरफ्तार परेपछि नेपाल कम्युनिष्ट पार्टीले बन्दको घोषणा गरेको हो । राष्ट्रिय युवा जनस्वयं नेपालको तेस्रो राष्ट्रिय सम्मेलनका लागि विराटनगर पुगेका नेकपाका स्थायी समितिका सदस्य कमरेड सुदर्शन, पीबीएम कमरेड पदम राई लयागतका सयाैं बढी नेताकार्यकर्ताहरुलाई प्रहरीले बिना कारण सोधपुछ भन्दै गिरफ्तार गरेको थियो । अाेली र रार्इसहित २ सय बढि नेता कार्यकर्ताहरू अझै रिहा भएका छैनन् । केहिलार्इ भने छाडिएकाे छ ।
हेर्नुहोस् प्रेस बिज्ञप्ति
विषयः–प्रेस विज्ञप्ती
आज फागुन ६ गते युवाहरुको संगठन राष्ट्रिय युवा जनस्वयं नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन विराटनगरमा थियो । सम्मेलनको उद्घाटन गर्न हाम्रो पार्टीका स्थायी समितिका सदस्य कमरेड सुदर्शन, पीबीएम कमरेड पदम राई लयागतका नेताहरु जाँदै हुनुहुन्थ्यो ।
विराटनगर पुग्दै गर्दा चार दिन अघि मात्र गठन भएको कथित सामाजिक दलाल पुँजीवादी केपी ओलीको सरकारले विना कारण कमरेड सुदर्शन र पीबीएम पदम राई लगानयत दर्जनौं युवन कमरेडहरलाई गिरफ्तार गरेको छ । यो गिरफ्तारीले राजनैतिक स्वतन्त्रताको स्वर उराल्ने पुँजीवादी संसदीय व्यवस्थाको दमनकारी, जनघाती चरित्रलाई उदांगो पारेको छ । साथै कम्युनिस्ट नामबाट सरकारमा पुगेको ओली पाखण्डी एवं दमनकारी चरित्रलाई पनि नांगो बनाइदिएको छ । हाम्रो पार्टी यो गिरफ्तारीको घोर भर्तसना गर्दछ ।
आफ्नो सरकारी काम नै जनता र पार्टीमाथि दमन गरेर शुरु गर्ने ओली सरकारको यो कदम रोक्न र गिरफ्तार वरिष्ठ नेताहरु लगायतलाई विना शत मुक्त गर्न माग र आग्रह गर्दछौं । अन्यथा ओली सरकारको दिनगन्ती यही बाट शुरु भएको चेतावनी दिन चाहान्छौं । ऐतिहासिक सम्मेलनमा जुट्नु भएका युवाहरुलाई दमनको कुनै प्रवाह नगरी युवाहरुको इतिहास नै न्यायको लागि विद्रोहसँग जोडिएको स्मरण गर्दै आफ्नो सम्मेलन सफल गर्न र सक्षम एवं जुझारु नेतृत्व निर्माण गर्न आव्हान गछौं ।
यदि ओली सरकारले हाम्रो आग्रहलाइै वेवास्ता गरेमा यही फागुन ८ गते नेपाल बन्द हुने जानकारी गराउँदछौं । बन्दलाई सफल गर्न युवाहरुले सम्मेलनलाई संघर्षमा बदल्न आग्रह गर्दछौं । साथै आम नेपाली न्याय प्रेमी जनतालाई राज्य आतंक विरुद्ध साथ दिएर नेपाल बन्दलाई सहयोग गर्न आव्हान गर्दछौं ।
विप्लव
महासचिव
मितिः–२०७४ फागुन ६ गते


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्