×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कालिका पावरको आइपीओ भर्ने आज अन्तिम म्याद, फारम भर्न कहाँ जाने ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कालिका पावरको आइपीओ भर्ने आज अन्तिम म्याद, फारम भर्न कहाँ जाने ?

६ फाल्गुन २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – कालिका पावर कम्पनीले गोरखा जिल्लाका स्थानीय बासिन्दाका लागि खुला गरेको ६ लाख कित्ता आइपीओ भर्ने आज अन्तिम दिन हो । यो आइपिओमा आज कार्यालय समयभित्रसम्म आवेदन दिइसक्नुपर्छ । माघ २१ गतेदेखि कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ६ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । 
यसमध्ये आयोजना प्रभावित गोरखा जिल्लाका तत्कालीन मुच्चोक, सौरपानी, ताकुमाझ लाकुरीबोट, मसेल, श्रीनाथ कोट, ताप्ले, नारेश्वर गाविस र गोरखा नगरपालिका वडा नं ४, ५ तथा १३ का बासिन्दाहरुले ४० प्रतिशत (२ लाख ४० हजार कित्ता) र गोरखा जिल्लाका अन्य बासिन्दाहरुले ६० प्रतिशत (३ लाख ६० हजार कित्ता) सेयरका आगि आवेदन दिन सक्नेछन् ।
कम्पनीले जारी पुँजीको १० प्रतिशत अर्थात ६ लाख कित्ता सेयर बिक्री खुला गरेको हो । लगानीकर्ताले कालिका पावर कम्पनी आयोजना स्थल चनौटे गोरखा तथा साँग्रिला डेभलपमेन्ट बैंकको गोरखा, आरुघाट, घ्याम्पेसाल, पालुङटार र छेवेटार शाखाबाट सेयर भर्न सक्नेछन् । यसमा आस्वाबाट सेयर भर्ने व्यवस्था गरिएको छैन । कम्पनीको आयोजना स्थल र साँग्रिला डेभलपमेन्ट बैंकको गोरखा जिल्लाका शाखाहरुबाट मात्र सेयर भर्न मिल्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी