Skip to content
LAXMI SUNRISE BANK

सेवा-सुविधाबाहेक,मुख्यमन्त्रीको मासिक तलब ६१ हजार

अर्थ सरोकार

काठमाडौँ – प्रदेश सञ्चालनको मुख्य भूमिकामा रहने मुख्यमन्त्रीमा प्रदेश नं.१ मा शेरधन राई, प्रदेश नं.२ मा लालबाबु राउत, प्रदेश नं.३ मा डोरमणि पौडेल, प्रदेश नं.४ मा पृथ्वीसुब्बा गुरुङ, प्रदेश नं.५ मा शंकर पोखरेल, प्रदेश नं.६ मा महेन्द्रबहादुर शाही र प्रदेश नं.७ मा त्रिलोचन भट्ट रहेका छन् ।
सेवा–सुविधा केन्द्रीय मन्त्री सरह तोकिएको छ जसमा मासिक पारिश्रमिक ६० हजार ९७० रुपैयाँ रहेको छ ।
पोसाक सुविधाबापत प्रत्येक वर्ष १८ हजार, मासिक अतिथि सत्कारका लागि २ हजार रुपैयाँ तथा भैपरी खर्चबापत ४० हजार रुपैयाँको सुविधा दिएको छ ।
तीबाहेक फर्निचर खर्च १५ हजार र यातायात सुविधा पनि दिने छ । स्वदेश भ्रमणमा दिनको ३ हजार रुपैयाँ र विदेश भ्रमणमा जाँदा दिनको २५० अमेरिकी डलरको सुविधा पाउने छन् ।
मुख्यमन्त्रीको १५ लाखको जीवनबिमा हुने निधन भएमा परिवारका सदस्यलाई आर्थिक सहायताबापत २ लाख रुपैयाँ उपलब्ध गराइनेछ ।
मुख्यमन्त्रीको सचिवलायमा प्रमुख स्वकीयसचिव, सहस्वकीयसचिव, उपस्वकीयसचिव, स्वकीय अधिकृत, फोटोग्राफर अधिकृत, कम्प्युटर सहायक, प्रशासन सहायक, लेखा सहायक गरी १२ जना कर्मचारी रहने छन् ।
प्रत्यक्ष र समानुपातिक प्रणालीबाट निर्वाचित जम्मा ५५९ जना प्रदेशसभा सदस्यहरु देशैभर रहेका छन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK