×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

होटेलको मस्तीदेखि कालोबजारको कारोबारमा लागेको रकम भराउन एक मन्त्रीले गरे यतिसम्म बेइज्जति

PRIME CA

होटेलको मस्तीदेखि कालोबजारको कारोबारमा लागेको रकम भराउन एक मन्त्रीले गरे यतिसम्म बेइज्जति

२९ माघ २०७४, सोमबार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौं – नेपाल सरकारका एक पूर्व मन्त्रीले नै कालाेबजारमा अवैध रुपमा गरेकाे अाफ्नाे काराेवारकाे विवरण मन्त्रालयमा बुझाएकाे खुलासा भएकाे छ । यसबाट सरकारकाे बेइज्जत भएकाे भन्दै कर्मचारीहरुले भने विराेध गरेका छन् ।
यसरी कालाेबजारमा काराेबार गर्ने पूर्व मन्त्री हुन विसेन्द्र पासवान । उनी पूर्वजनसंख्या तथा वातावरणमन्त्री हुन् । पासवान अचेल दिनहुँजसाे मन्त्रालयमा धाउने गर्छन । उनी अाफ्नाे उपचारमा लागेकाे सबै खर्च र कालाेबजारमा गरेकाे काराेवार राज्यकाे ढुकुटीबाट भराउन तल्लिन छन् । उनले अवैध तरिकाले भारतीय नाेट कालाेबजारमा सटही गरेकाे सरकारका निकायलार्इ जानकारी मात्र दिएका हाेइनन कालाेबजारमा तिर्नुपरेकाे चर्काे शुल्क समेत राज्यकाे ढुकुटीबाट ब्यहाेरिनुपर्ने अत्यन्तै लज्जाजनक माग राखेका छन् । 
नेपाल सरकारकाे मन्त्री समेत भइसकेकाे नेताले यसरी लाजमर्दाे माग गरेपछि मन्त्रालयका कर्मचारीहरु अहिले पानी पानी भएका छन् । तर, पासवान भने कालाेबजारमा चर्काे रकम तिरेर भारु साटेकाे पैसा राज्यकाे ढुकुटीबाट भराउन दिनरात लागि परेका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा र वर्तमान सरकारका मन्त्रीहरुलार्इ समेत प्रभावमा ल्याइ मन्त्रीपरिषदबाट उनकाे खर्च दिने प्रस्ताव पास समेत गरार्इ सकेका छन् । तर, कर्मचारीहरुले त्यस्ताे रकम तिर्न कुनै हालतमा नसकिने भन्दै राेकेका छन् ।
पासवानले अवैध तरिकाले सटही गरेकाे रकम सानाे पनि छैन । उनले कालाेबजारमा १५ लाख २ हजार ९ सय ९४ भारतीय रुपैयाँ सटही गरेकाे जानकारी दिएर साे बराबरकाे रकम माग गरेका छन् । याे रकम उनले अाफू भारतमा उपचार गर्न जाँदा बैंकमा नपाएपछि कालाेबजारमा चर्काे पैसा तिरेर साट्नुपरेकाे दावी गरेका छन् । उनले कालाेबजारमा चल्तीकाे दरभन्दा प्रतिसय चार रुपैयाँ बढी तिरेर किनेकाे जनाएका छन् ।
दिनहुजसाे मन्त्रालय धाउने गरेका पासवान कर्मचारीका अगाडि नाटक गर्दै एकदिन साेफामै ढलेका थिए । आफूले निवेदनमा दाबी गरेअनुसार रकम पाउ भन्दै स्वास्थ्य मन्त्रालयमा पुगेका पासवान मन्त्रालय कर्मचारीको कुरा सुनेर सोफामै ढलेका थिए ।कर्मचारीले उपचार खर्चभन्दा बाहिरको बिल बढी आएको र रकम उपलब्ध गराउन कठिन भएको बताउने बित्तिकै साेफामा रिंँगटा लागेको भन्दै ढलेकाे स्वास्थ्य मन्त्रालयका एक कर्मचारीले जानकारी दिए ।
अनाैठाे त याे छ कि पासवान अचेल अाफ्नाे स्वास्थ्य उपचारमा ७३ लाख रकम लागेकाे ढिपी गर्दै हिडेका छन् । त्याे पनि सरकारकै मातहतमा रहेकाे शिक्षण अस्पताल महाराजगञ्जमा । शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराएका उनी अाफै त्यहाँबाट भारतकाे मेदान्त हिडेकाे र त्यहाँ समेत उपचार गर्दा ७३ लाख खर्च लागेकाे अनाैठाे दावी गर्ने गरेका छन् ।
उनले यस्ता अनाैठा बिलसमेत मन्त्रालयमा पेस गरेका छन कि जुन बिल हेर्दा मन्त्रीकाे मन्त्री पद नै मजाक बन्छ । कालाेबजारीदेखि महङ्गा हाेटेलमा गरेका मस्तीका बिल पनि उनले समावेश गरेका छन् । त्यस्ताे मस्तीकाे खर्च पनि सानाे छैन । पासवानले हाेटेलमा गरेकाे मस्तीकाे खर्च करिव १९ लाख छ । त्याे १९ लाख सरकारले दिनुपर्ने उनकाे माग छ । त्यसैगरी उनले अाफूले यात्रा गर्दा लागेकाे यातायात खर्च भन्दै पेस गरेकाे रकम पनि अनाैठाे नै छ । उनले करिब ९ लाख रुपैयाँ यातायातमा लागेकाे दावी गरेका छन् ।
अनाैठाे त याे छ कि पासवान याे सबै रकम देउवा सरकारबाटै भराउन लागि परेका छन् । उनी अचेल दिनहुँ मन्त्रालयमा गएर सरकार ढल्न लाग्याे मेराे निवेदन छिटाे अगाडि बढाइदिनुपर्याे भन्दै राेइकरार्इ गर्ने गरेका छन् । सरकारकाे मन्त्री समेत भएकाे एक नेताले गरेकाे यस्ताे लाजमर्दाे वेइज्जती देखेर मन्त्रालयका कर्मचारीहरु चकित छन् । पासवान मन्त्रालयका कर्मचारीसँग त ताकेता गर्न जान्छन नै वर्तमान सरकारका मन्त्रीहरुलार्इ पनि उनले धेरैजसाेलार्इ राेइकरार्इ गर्न भ्याएका छन् । उनले अाफ्नाे फाइल मन्त्रिपरिषदबाट छिटाे पास गराउन प्रम देउवासँग पनि निकै लविङ गर्न भ्याएकाे स्राेतकाे दावी छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: