पोखरा – डेढ बर्ष अगाडि देखि खानेपानी र विद्युतको अभाव झेल्दै आएका पोले महानगरपालिका १४ का स्थानीयले वडा कार्यालय घेराउ गरेका छन् ।
सेतिदोबान नमुना टोलका करिब १३० घर परिबार बिगत डेढ बर्ष अगाडि देखि खानेपानी र विद्युतको अभावमा गुज्रिरहेका छन । त्यहाँको टोल सुधार समिति र सरोकारवालाहरुले स्थानीयको समस्या समाधानका लागि पटक पटकको वडा कार्यालयलाई अनुरोध गर्दा पनि अध्यक्ष प्रेम बहादुर कार्कीले वेवास्ता गरेको भन्दै मंगलबार कार्यालय नै घेराउ गरिएको हो ।
वडाध्यक्षले मनपरी गरेको र विद्युत सिफारिस नगरिदिएको कारण टोल बिकास समिती र सम्पुर्ण सुकुम्बासी घर परिबारहरुले वडा कार्यालय घेराउ गरेको टोल बिकास समितीका अध्यक्ष बिकास बिकले बताए ।
त्यस्तै नमुना टोल बिकास समितीका खानेपानी अध्यक्ष सन्तोष परियारले जनताले आफ्नो मौलिक अधिकारभित्र पर्ने स्वास्थ्य, सिक्षा, खानेपानी, बिजुलीजस्ता सुबिधाहरु पाउनुपर्ने भन्दै माग पूरा गर्न नसके तत्काल राजीनामा दिनुपर्ने बताए ।
२०० जना जनताको सहभागीता रहेकाे घेराउ कार्यक्रममा र नेकपाका जिल्ला सदस्य मिलन राई तथा जनपरिसद कास्कीका उप प्रमुख रामकाजी तमुकाे समेत उपस्थिति रहेको थियो । जनताको माग तत्काल पूरा नगरे नेकपाले समेत सशक्त आन्दोलनमा सहयोग र सहकार्य गर्ने राई र तमुको चेतावनी छ ।