
काठमाडौँ – नेपाल टेलिकमको सिमबाट फोन तथा इन्टरनेट चलाएर सबैभन्दा बढी पैसा तिर्नेहरुलाई टेलिकमले सम्मान गरेको छ । २०७३ साउनदेखि २०७४ असारसम्म उनीहरुले फोनबाट गरेको खर्चको आधारमा व्यक्तीगत र संस्थागतरुपमा सम्मान गरिएको हो ।
१४ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा टेलिकमले विभिन्न व्यक्ती तथा संस्थालाई सम्मान गरेको छ । उक्त वर्ष पोष्टपेड मोबाइल सेवातर्फ सबैभन्दा धेरै खर्च गर्ने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र प्रिपेडमा पत्रकार पुष्प दुलाल रहेका छन् ।
टेलिकमका अनुसार सो अवधिमा घिसिङले १ लाख ९७ हजार रुपैयाँ बराबरको फोन तथा डाटा चलाएका छन् भने दुलालले ६४ हजार रुपैयाँको दुलाल क्लीकमान्डु डटकमका कार्यरत पत्रकार हुन् । त्यस्तै पोष्टपेडतर्फ संस्थागतमा सबैभन्दा धेरै सुर्य नेपालले खर्च गरेको छ । उसले ९ लाख ८७ हजार बिल तिरेको टेलिकमले जनाएको छ ।