×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

६ सय एम्पुल लागूऔषधसहित भारतीय नागरिक पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

६ सय एम्पुल लागूऔषधसहित भारतीय नागरिक पक्राउ

२१ माघ २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – भारतीय नागरिक नारायण गिरी ६ सय ३२ एम्पुल लागूऔषधसहित पक्राउ परेका छन् । उनलाई बीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना. ७ ख ४२८ नम्बरको यात्रुबाहक बसमा लागूऔषध लिएर आइरहेको क्रममा महानगरीय प्रहरी प्रभाग नागढुंगाले नियन्त्रणमा लिएको हो ।
यात्रुबाहक बस चेकजाँचका क्रममा भारत सितवार जिल्ला खरमादौर बस्ने ३६ बर्षिय गिरीको साथबाट लुपिजेसिक १९८ एम्पुल, फेनार्गन १९४ एम्पुल, डाईजेल्याव १९४ एम्पुल र नुर्फिन ४६ एम्पुल बरामद गरिएको महानगरीय प्रहरी प्रभाग नागढुंगाका इन्सपेक्टर केशवराज भट्टले जानकारी दिए ।
उनलाई थप अनुसन्धान र कारवाहिका लागी महानगरीय प्रहरी वृत थानकोट पठाईएको नागढुंगा प्रहरीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी