Skip to content

सुनचाँदीको मुल्यमा गिरावट, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?

Dish Home

अर्थ सरोकार

८ वर्ष अगाडि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार प्रति तोला ५७ हजार ८ सयमा कारोबार भइरहेको छापावाला सुन आज ६ सयले घटेर प्रति तोला  ५७ हजार २ सयमा मुल्यमा कारोबार भइ रहेको छ ।
त्यस्तै गरि चाँदीको मुल्य १५ रुपैयाँले घटेर प्रति तोला ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४९ हजार ४० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ३९ रुपैयाँ कायम गरेको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्