
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- खाने मुखलाई जुँगाले छेक्दैन भनेजस्तै नेपाली बैंकिङ क्षेत्रमा जस्ता नियम आएपनि लाज नहुनेले जे गरेपनि हुन्छ भन्ने शैलीमा अनिल शाह नबिलको डेपुटी सीइओमा नबिल छिरेका छन् । बिहीबार बसेको बैंक सञ्चालक समितिले बैंकको स्थायी दरबन्दीको सेवा सुविधा अनुसार हुने गरी शाहलाई डेपुटी सीईओमा नियुक्त गरेसंगै उनी नबिल जाने भएका हुन् ।
मेगा बैंकमा कार्यकाल नथपिने भएपछि हतार हतार सेन्चुरीसँग गैरकानुनी तलव सम्झौता गरेका शाह पछी नबिलको सीइओमा नियुक्त भएका थिए । पछि कुलिङ पिरियडको सर्कुलर आएपछि उनको सीइओको नियुक्ति बदर भएको थियो । अर्थ सरोकार डटकमलाई नबिलका एक संचालकले दिएको जानकारी अनुसार अव उनी साउनमा बैंकको सीइओ हुनेछन् । त्यहि सहमतिका साथ अनिल शाह नबिल छिरेका हुन् ।
यद्यपी अनिल शाहको यो कदमलाई अन्य बैंकरहरुले ‘नैतिकहीन’ भएको टिप्पणी गरेका छन् । कसैले नपत्याउने भएपछि सीइओ भइसकेको मान्छे डेपुटी सीइओमा जानु गलत भएको बिज्ञहरुले टिप्पणी गरेका छन् । यसो त नबिलमा डेपुटी सीइओको तलव पनि उनले मेगामा लिएको तलवभन्दा कम छ । सञ्चालक समितिले बैंकको स्थायी दरबन्दीको सेवा सुविधा अनुसार हुने गरी शाहलाई डेपुटी सीईओमा नियुक्त गरेको हो।
अनिल शाहको यो कदमलाइ धेरैले अनिल शाहले आफ्नो ‘औकात’ देखाएको भन्दै कडा टिप्पणी गरेका छन् । ‘अरु कुनै बैंकले सीइओमा नपत्याउने भएपछि उनले आफ्नो औकात देखाए । राष्ट्र बैंकले उनलाई कुनै पनि हालतमा रोक्नुपर्छ भन्ने कुरामा हामी आन्तरिक छलफलमा छौं। ‘ राष्ट्र बैंकका एक उच्च तहका अधिकारीले अर्थ सरोकारसँग भने ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्