
काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आइतवार अपराह्नको समयमा मोबाइलमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको घन्टी बज्यो ।
मोदीले टेलिफोनबाट नै ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा शुभकामना दिए र त्यसका साथै प्रधानमन्त्रीका रुपमा पदभार ग्रहण गरेपछि तत्काल भारत आउँन निम्तो पनि गरे । आफू भारतमा अाेलीकाे स्वागत गर्न प्रतिक्षारत रहेको माेदीकाे भनार्इ थियाे । अर्थात् मोदीले ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा स्वीकार गरिसके ।
ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार अध्यक्ष ओली र प्रधानमन्त्री मोदीको फोन वार्तामा अंग्रेजी नयाँ वर्ष २०१८ को शुभकामना आदानप्रदान भएको थियो ।
ओलीले पनि प्रधानमन्त्री मोदीको प्रस्ताव स्वीकार्दै उनलाई पनि नेपाल भ्रमणको निमन्त्रणा दिए । मोदीलाई रामजानकी मन्दिर र मुक्तिनाथको दर्शन गर्न आग्रह गरे ।
प्रधानमन्त्री मोदीले यसअघिको नेपाल भ्रमणमा यी तीर्थस्थल भ्रमणको इच्छा व्यक्त गरेका थिए । कुनै उल्लेखनीय राजनीतिक घटनाक्रम विकसित नभई आइतवार भारतीय प्रधानमन्त्री मोदीले जसरी एमाले अध्यक्ष ओलीलाई फोन गरे । यसले कुटनीतिकवृतमा केही प्रश्न उब्जाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्