×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनतालाई ठगेर लाखौँ भ्याट छल्ने ‘देशमारा’ इन्द्रेणी फुडल्याण्ड लगायतकालाई कारवाही गरियोस् ! (सम्पादकीय)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

जनतालाई ठगेर लाखौँ भ्याट छल्ने ‘देशमारा’ इन्द्रेणी फुडल्याण्ड लगायतकालाई कारवाही गरियोस् ! (सम्पादकीय)

६ माघ २०७४, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • सुरज प्याकुरेल / अर्थ सरोकार डटकम 
देशमा कानुन छ । र सबै व्यक्ति वा संस्था कानुन अनुसार चल्नुपर्छ । देशमा विद्यमान थुप्रै व्यवसायसम्बन्धि कानुनमध्ये देशमा भ्याट ऐन पनि छ । भ्याट नियमावली छ र त्यसमा मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएका कम्पनीले पालना गर्नुपर्ने नियमबारे पनि स्पष्ट लेखिएको छ । तर लिपिवद्ध कानुनको धज्जी उडाउंदै काठमाडौँका विभिन्न रेष्टुरेन्ट र क्याफेहरुले मनपरी मात्र गरेका छैनन्, जनतालाई ठगेका पनि छन् र राज्यको ढुकुटीलाई आफ्नो बनाउने दुष्प्रयास गरिरहेका छन् । र यसमा नियामकको मिलेमतो सामान्य शंकाको विषय हुने नै भयो ।
प्रसङ्ग काठमाडौँका विभिन्न रेष्टुरेन्टहरुले गरिरहेको भ्याट छलीको हो । राज्यलाई तिर्छु भनेर आफ्ना ग्राहकसंग उठाएको पैसा आफ्नो खल्तीमा हालेर आफु मोटाउने र देश र जनतालाई ठगी गर्ने काम भएको छ । यो काममा काठमाडौँको इन्द्रेणी फुडल्याण्ड लगायतका केहि ब्रान्डेड रेष्टुरेन्ट र क्याफेहरु रहेको प्रमाणित नै भइसकेको छ । कतिपयले भ्याट नियमावलीमा लेखेको कुरालाई पालना गरेका छैनन् भने कतिपयले सरासर भ्याट छली गरिरहेका छन् ।
इन्द्रेणी फुडल्याण्डले कसरी भ्याट छल्छ भन्ने यथार्थ हामीले प्रकाशन गरिसकेका छौं । कम्प्युटर बिग्रिएको छ भनेर बिजक जारी नगर्ने र उठाएको भ्याट कर्मचारी र हाकिम मिलेर बाँडेर खाने प्रवृतिले देशको ढुकुटीमा जानुपर्ने रकम क्याफेका मालिकहरुले कुम्ल्याईरहेका छन् । कम्पनीका अरु कर्तुतपनि हामी एक-एक गरी प्रकाशन / प्रशारण गर्नेछौं । तर अहिलेको आवश्यकता भनेको गलत गर्नेलाई कार्वाही गर्नु हो । राज्यले इन्द्रेणी फुडल्याण्ड र त्यसमा संचालित कल्दी क्याफेले छलेको लाखौँ भ्याट असुल्न सक्नुपर्छ । अझ हामीले त धेरै पछी यो तथ्य फेला पारेका हौँ । हाम्रो स्रोतलाई पत्याउने हो भने कम्पनीले करोडौं रुपैयाँ यसरी आफ्नो पोल्टोमा पारिसकेको छ ।
कम्प्युटर बिग्रिएर बिजक जारी गर्न सकिएन भन्न पाइन्छ ? किन एक पटक दुइ पटक होइन पटक पटक बिग्रिन्छ क्याफेको कम्प्युटर ? जनताले अव बुझे, ‘यो सब नाटक सिवाय केहि होइन’ भनेर । अव आन्तरिक राजश्व कार्यालयले यस विषयमा बुझेर कारवाहीको प्रर्किया अगाडी बढाउनुपर्छ । कानुनबाट कोहि पनि भाग्न पाउँदैन । र इन्द्रेणी फुडल्याण्ड, नयाँ बानेश्वर र त्यहाँ संचालित क्याफेका ‘देशमारा’ संचालकहरुपनि भाग्न नपाउन् । 
हामी यो विषयमा निरन्तर फलोअपमा छौं ।
यो पनि पढ्नुहोस् :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी