×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रदेश ३ को प्रदेश प्रमुखमा भारतमा जन्मिएकी अनुराधा कोइराला, अरु प्रदेशमा को- को ? (सूचीसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रदेश ३ को प्रदेश प्रमुखमा भारतमा जन्मिएकी अनुराधा कोइराला, अरु प्रदेशमा को- को ? (सूचीसहित)

३ माघ २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ- सरकारले सात प्रदेशको प्रदेश प्रमुख तोकेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रदेश प्रमुखहरु तोकेको हो । प्रदेश प्रमुखमा कांग्रेस र मधेसवादी दुई दलले भागवण्डा गरेका छन् । ५ मा राजपा र १ मा फोरमको सिफारिसमा प्रदेश प्रमुख नियुक्त गरिएको छ भन ५ जना कांग्रेसको सिफारिसमा हुनेछन् ।
प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वर लाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख नियुक्त गरिएको छ । त्यस्तै सरकारले सातवटै प्रदेशको अस्थायी मुकाम तोकेको छ । बुधबार दिउँसो बसेको प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठकले प्रदेशहरुको अस्थायी मुकाम तोकेको कानुनमन्त्री यज्ञबहादुर थापाले जानकारी दिए । जस अनुसार प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को कैलालीलाई अस्थायी मुकाम तोकिएको छ ।
अनुराधा कोइराला सन् १९४९ अप्रिल १४  तारिखमा भारतको कालीङपोङमा जन्मिएकी थिइन् भने माइती नेपालमा लामो समय काम गरेर ठुलो योगदान गरेको भन्दै उनलाई सीएनएन हिरोको सम्मान समेत मिलेको थियो । उनको अन्य विवरण हेर्न यहाँ क्लिक गर्न सक्नुहुनेछ ।     
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी