×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनता बैंकले पनि पुर्यायो चुक्तापुँजी, संचालक समितिमा छ नयाँ संचालक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

जनता बैंकले पनि पुर्यायो चुक्तापुँजी, संचालक समितिमा छ नयाँ संचालक

३० पुष २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – जनता बैंक नेपाल लिमिटेडको आठौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संचालक समितिका अध्यक्ष केशवबहादुर रायमाझीको अध्यक्षतामा सम्पन्न साधारणसभाले आ.ब. २०७३/०७४ को मुनाफाबाट चुक्ता पूँजीको १४.४ प्रतिशत बोनस सेयर वितरण गर्ने संचालक समितिको प्रस्ताव पारित गरेको छ । जसअनुसार, बैंकले एक अर्ब ७० लाख ९१ हजार नौ सय ३५ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने भएको छ । बोनस सेयर वितरण गरेपछि जनताको चुक्तापूँजी आठ अर्ब पुगेको छ । यससँगै जनता बैंकले नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्तापुँजीको मापदण्ड पुरा गरेको छ ।
गत आ.ब. मा साविकका जनता बैंक नेपाल लि., त्रिवेणी विकास बैंक लि. र सिद्धार्थ डेभलपमेण्ट बैंक लि. एक आपसमा गाभिएर बनेको यस जनता बैंक नेपाल लिमिटेडको मर्जर पछाडीको यो पहिलो वार्षिक साधारणसभा हो । यस साधारणसभाबाट संस्थापकतर्फ केशवबहादुर रायमाझी, लंकबहादुर केसी र राम बहादुर भण्डारी तथा सर्वसाधारणतर्फबाट गौतम प्रसाद खनाल, विनित कुमार अग्रवाल र संजिव न्यौपाने संचालक पदमा निर्विरोध निर्वाचित भएका छन् । 
पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा बैंकले ११३ शाखा, २६ शाखा रहित बैंकिङ्ग, २ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर तथा ६७ एटिएमहरु र १०२९ कर्मचारीहरु मार्फत बैंकले ५ लाखभन्दा बढी ग्राहकलाई सेवा पुर्याउँदै आइरहेको छ । यसै आर्थिक बर्षभित्र मर्जर पश्चात दोहोरिएका शाखाहरुको स्थानान्तरण तथा थप नयाँ शाखा समेत गरी शाखा संजाल १२४ पुर्याउने लक्ष्य बैंकले लिएको छ । बैंकको हाल रु. ५२ अर्ब १७ करोड निक्षेप र रु. ४८ अर्ब ३९ करोड कर्जा कारोबार रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी