×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अदालतको मानहानी गरेको भन्दै गोबिन्द केसीलाई पक्राउ गर्न अदालतको आदेश !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अदालतको मानहानी गरेको भन्दै गोबिन्द केसीलाई पक्राउ गर्न अदालतको आदेश !

२४ पुष २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सर्वोच्च अदालतले डा गोविन्द केसीलाई अदालतको मानहानी गरेको भन्दै मंगलवार अदालतमा हाजिर गराउन पक्राउ पुर्जी जारी गरेको छ । न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजालसले केसीलाई अदालतमा उपस्थित गराउन आदेश जारी गरेको हो ।
सर्वोच्च अदालतले डा शशी शर्मालाई त्रिबि चिकित्सा शास्त्र अध्ययन संस्थान आइओएमको डिनमा पुर्नवहालीको आदेश दिएसँगै डा केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई भ्रष्टको संज्ञा दिदै सोमवारदेखि अनसन शुरु गरेका थिए ।
केसीले अदालतको मानहानी गरेको भन्दै सर्वोच्चका शाखा अधिकृत नेत्र पौडेलले सोमवार सर्वोच्चमा मानहानी मुद्दा दर्ता गरेका थिए । सर्वोच्चले डा केसीलाई मंगलवार नौ बजे उपस्थित गराउन गृहमन्त्रालय मार्फत प्रहरीलाई पत्र काटेको छ ।
त्रिभुवन विश्वविद्यालयले बर्खास्त गरेका चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमका डिन डा. शशि शर्मालाई सर्वोच्च अदालतले पुनर्बहाली गर्न आदेश दिएको भन्दै डा. केसीले अनशन सुरु गरेका थिए ।
उनले अनसन शुरु गर्नुपूर्व जारी विज्ञप्तिमा भनिएको छ, ’विगत केही महिनादेखि सिलसिलेवर रुपमा भ्रष्ट र अपराधीहरुको पक्षमा फैसला भएर न्याय बिक्री भइरहेको दुर्भाग्यपूर्ण अवस्था सबैका सामु छर्लंग छ ।
त्यसले भ्रष्टहरुलाई उन्मुक्ति दिएर पुरस्कृत गर्ने मात्र नभई देशलाई पचासौं अर्ब राजस्व घाटा बनाएर कंगाल बनाउनमा भुमिका खेलिरहेको छ । यसले आम नागरिकको दोहन गरेर सीमित भ्रष्ट र अपराधीहरु मात्रै धनी हुँदै गइरहेको तथा न्यायालय लगायत राज्यका सबै अंगहरु तिनको कब्जामा गइरहेको अवस्था छ ।’
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी