- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको दोस्रो दिन सोमबार सुनको मूल्य घटेको छ । आइतबार प्रति तोला ५६ हजार २ सयमा कारोबार भइरहेको छापावाला सुन आज १ सयले घटेर प्रति तोला ५६ हजार १ सय मुल्यमा कारोबार भैरहेको छ ।
त्यस्तै गरि चाँदीको मुल्य स्थिर रहेर प्रति तोला ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४८ हजार ९५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ४६ रुपैयाँ कायम गरेको छ।