- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताकोअन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । बिहिबार प्रति तोला ५५ हजार ६ सयमा कारोबार भईरहेको छापावाला सुन आज १ सयले बढेर ५५ हजार ७ सय मुल्यमा कारोबार भइ रहेको छ ।
यस्तै गरि चाँदीको मूल्य स्थिर रहेर प्रति तोला ७ सय ४५ रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४७ हजार ७ सय ५५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ३६ रुपैयाँ कायम गरेको छ।