×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गच्छदारले प्रमाणपत्र लिन जाँदा भगतवतीका कार्यकर्ताले किन छेक्यो बाटो ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

गच्छदारले प्रमाणपत्र लिन जाँदा भगतवतीका कार्यकर्ताले किन छेक्यो बाटो ?

२९ मंसिर २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – प्रतिनिधिसभामा विजयी भएका कांग्रेस नेता विजयकुमार गच्छदार विरुद्ध बिहिबार पनि एमालेकी भगवती चौधरी समर्थक कार्यकर्ताहरुले विरोध गरेका छन् ।
निर्वाचन कार्यालयमा गच्छदारले प्रमाणपत्र लिन जाने क्रममा एमालेका कार्यकर्ताहरुले अवरोध गर्ने प्रयास गरेका छन् ।
जुलुसले निर्वाचन कार्यालयअघि पुगेर विरोध गरेको थियो । दुहवीबाट एमाले समर्थक विरोध जुलुस निर्वाचन कार्यालय तर्फ अघि बढ्न खोजेपछि सुरक्षा अवस्था कडा पारिएको छ ।
सुनसरीमा विजयी भएका प्रदेश तथा प्रतिनिधिसभाका सदस्यहरुलाई हालसम्म प्रमाणपत्र दिइएको छैन । सोही प्रमाणपत्र वितरण कार्यक्रम अवरोध गर्ने प्रयासस्वरुप भगवति चौधरीका कार्यकर्ताले विरोध जुलुस निकालेका थिए।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी