Skip to content
LAXMI SUNRISE BANK

उपप्रधानमन्त्री गच्छदार सहभागी कार्यक्रममा बिष्फोट, चार जना घाइते

अर्थ सरोकार

इटहरी – सुनसरीको इटहरीमा बिहीबार बिहान बम विष्फोट भएको खबर छ । इटहरीस्थित भलाद्मी भन्ने ठाउँमा विष्फोट भएको हो।
बिष्फोटमा परी ४ जना घाइते भएका छन्। घाइते हुनेहरुमा कुमारी कटुवाल, योमन न्यौपाने, सम्रिना अधिकारी र धनबहादुर श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ।
भलाद्मीमा नेपाली काँग्रेसले सभा आयोजना गरेको थियो । काँग्रेसको सभालाई लक्षित गरेर सभास्थल नजिकै बम विष्फोट भएको बताइएको छ।
बिष्फोटका घाइतेहरुलाई उपचारको लागि इटहरीस्थित सामुदायिक अस्पताल लगिएको छ। विष्फोट कसले गरायो भन्ने खुलिसकेको छैन। विष्फोटको जिम्मा अधिकारिक रुपमा कसैले पनि लिएको छैन। प्रहरीले भने निर्वाचन बिरोधी समूहले बिष्गफोट गराएको हुन सक्ने आसंका गरेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK