×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संसारमै महँगो विवाहको रोचक कथा : ४ अर्ब ९९ करोड २२ लाख रुपैयाँ खर्च, २० हजार जन्ती !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

संसारमै महँगो विवाहको रोचक कथा : ४ अर्ब ९९ करोड २२ लाख रुपैयाँ खर्च, २० हजार जन्ती !

९ मंसिर २०७४, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


एजेन्सी- औसत विवाह गर्न कति खर्च लाग्ला ? हामीले देखेको वा भोगेको कुरा हो यो । तर संसारका कतिपय धनीहरुले आफ्नो विवाहमा कति खर्च गर्छन् भन्ने तथ्य खोज्दा पाइएको तथ्यांक पढ्दा अचम्म लाग्न सक्छ । हेरौं केहि धनाड्यहरुको विवाहको खर्च सम्बन्धि तथ्य जुन हामीले नेपाली रुपैयाँमा ‘कन्भर्ट’ गरेका छौं ।   

राजकुमार चाल्स 
र लेडी डायना
सन् १९८१ मा बेलायतका राजकुमार चाल्र्स तथा लेडी डायनाबीच भएको विवाहलाई विश्वकै महँगो विवाह मानिन्छ । त्यति बेला उक्त विवाहमा ४ अर्ब ९९ करोड २२ लाख रुपैयाँ खर्च भएको थियो । प्राथमिक तहको शिक्षिकाका रूपमा कार्यरत डायनालाई बेलायती राजपरिवारको जेठो छोरोले भित्र्याएको क्षणलाई २० लाख व्यक्तिले प्रत्यक्ष रूपमा हेरेका थिए भने टेलिभिजन मार्फत् ७५ करोड मानिस त्यसको साक्षी थिए । उक्त विवाहमा प्रत्यक्ष रुपमै जन्ती २० हजार बढी थिए । 
भनिसा मित्तल 
र अमित भाटिया
विश्वकै ठूला स्टिल व्यापारीका रूपमा चर्चित लक्ष्मी मित्तलले आफ्नी छोरी भनिसा मित्तलको विवाहमा गरेको खर्चको चर्चा अझै पनि हुन्छ । लक्ष्मीले आफ्नी छोरीको विवाह लन्डनमा जन्मिएर त्यही बैंकिङ क्षेत्रमा कार्यरत अमितसँग पेरिसको पाँचतारे होटलमा पाँच दिन लगाएर गरेका थिए । मित्तल परिवारले सन् २००५ मा ६ सम्पन्न उक्त विवाहमा अर्ब २४ करोड रुपैयाँ खर्च गरेको थियो । 
राजकुमार विलियम 
र केट मिडिलटन
बेलायती गद्दीको दोस्रो उत्तराधिकारी राजकुमार विलियम सामान्य युवती केट मिडिलटनबीच सन् २०११ मा भएको विवाह पनि सर्वाधिक महँगो विवाहको सूचीमा छ । ८ करोड ३२ लाखको फूल र त्यस्तै मूल्यको विवाह केक काटेर सम्पन्न गरिएको यो विवाहमा ३ अर्ब ५३ करोड ६० लाख रुपैयाँ खर्च भएको थियो । 
वाहे रुनी र कोलिन म्याकलोग्लिन
इंग्ल्याण्डका फुटबलर वाहे रुनीले १६ वर्षको उमेरदेखि प्रेम गरेकी युवती कोलिनसँग सन् २००८ मा विवाह गर्दा ८३ करोड २० लाख रुपैयाँ खर्च गरेका थिए । खेलाडीहरूको विवाहमध्ये सर्वाधिक महँगो मानिने यो विवाह १७ औं शताब्दीमा निर्माण भएको एउटा घरमा भएको थियो जहाँ पाहुनाहरूलाई विमान चार्टर गरेर लगिएको थियो । विवाहमा रुनीले पाहुनाहरूलाई पानी जहाजमा सयर गराउँदै पाँचतारे होटलमा राखेर मेजबानी गराएका थिए । 

चेल्सिया क्लिन्टन 
र मार्क मेजभिनस्की
अमेरिकाका पूर्वराष्ट्रपति विल क्लिन्टन तथा हिलारी क्लिन्टनकी एक मात्र छोरी चेल्सिया क्लिन्टनको विवाह पनि विश्वको महँगो विवाहमध्ये एक मानिन्छ । चेल्सियाको बाल्यकालदेखिकै साथी एवं बैंकका लगानीकर्ता मार्कसँग सन् २०१० मा भएको उक्त विवाहमा ५२ करोड रुपैयाँ खर्च भएको बताइन्छ । उक्त विवाह समारोहमा प्रयोग भएको एयरकन्डिसन टेन्ट तथा केकको मूल्य क्रमश: ६ करोड २४ लाख रुपैयाँ तथा ११ लाख ४४ हजार रुपैयाँ थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी